Trending
Prev Story
Next Story

झापा महिला गोल्डकपः चन्द्रा र हेमाको ह्याट्रिकले त्रिभुवन आर्मी सेमिफाइनलमा

Nagarik News •
November 23, 2026 • 01:43 PM
4
4 reads 0 reactions

पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबविरुद्ध एपिएफकी रश्मिकुमारी घिसिङले दोहोरो ह्याट्रिक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याएकी छन् ।

झापा महिला गोल्डकपः चन्द्रा र हेमाको ह्याट्रिकले त्रिभुवन आर्मी सेमिफाइनलमा

पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबविरुद्ध एपिएफकी रश्मिकुमारी घिसिङले दोहोरो  ह्याट्रिक गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याएकी छन् । झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा जारी ‘ दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप’मा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ फुटबल क्लबले भुटानलाई ७–० गोलअन्तरमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित पारेको छ ।

एपिएफले अर्को विभागी टोली नेपाल पुलिस क्लबलाई शनिबार राति धरानमा सम्पन्न भएको ‘प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप’ हराउँदै उपाधि जितेको थियो । एपिएफ पहिलो संस्करणको उपविजेता टोली हो । एपिएफले घरेलु टोली झापा ११ सँग बुधबार सेमिफाइनल खेल खेल्ने छ ।

एपिएफकी रश्मिकुमारी घिसिङले खेलको २६ औं मिनेटमा गोल गर्दै अग्रता बनाइन् । ३० औं मिनेटमा रश्मिले नै अग्रता दोब्बर बनाइन् । ४५ औं मिनेटमा मैदानको मध्यभागबाट सिंगल खेल्दै ह्याट्रिक पूरा गरिन् ।

५२ औं मिनेटमा पेनाल्टीमार्फत रश्मिले चौथो गोल थपिन् । भुटानकी पुनम चेम्जोङले उनलाई डि–एरियामा फाउल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो । ५५ औं मिनेटमा कुसुम खतिवडाको क्रस पासमा हेडमार्फत गोल गर्दै उनले गोल अन्तर फराकिलो पारिन् । ५९ औं मिनेटमा कुसुम खतिवडासँग तालमेल गर्दै बल अगाडि बढाएर रश्मिले आफ्नो दोहोरो ह्याट्रिक पूरा गरिन् । ६२ औं मिनेटमा अनिता केसीले गोल थप्दै गोलान्तर फरक बनाइन् ।

खेलको प्लेयर अफ द म्याच एपिएफकी रश्मिकुमारी घिसिङले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । मंगलबारको अन्तिम क्वार्टर फाइनल विभागीय टोली नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित: ७ मंसिर २०८३ १९:२८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1d ago
दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप : चन्द्रा र हेमा चम्किँदा आर्मीको १० गोल

दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकप : चन्द्रा र हेमा चम्किँदा आर्मीको १० गोल

आइतबारको खेलमा गयेसपुरलाई १०–० गोल अन्तरले पराजित गर्दै आर्मी प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दोस्रो टोली बनेको हो ।

#सेमिफाइनल #झापा #गोल्डकप
Compare →
Hamro Patro News
2d ago
एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप  प्रतियोगिता मङ्सिर ५ गतेदेखि

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप प्रतियोगिता मङ्सिर ५ गतेदेखि

एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । प्रतियोगिता यही मङ्सिर ५ गतेदेखि शिवसताक्षीस्थित दुधे रंगशालामा हुने छ । रंगशालामा स...

#झापा #गोल्डकप
Compare →
Onlinekhabar
3d ago
सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

७ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारत नयाँ दिल्लीबाट भर्चुअल माध्यम मार्फत ‘सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन अन्तर्गत ग्रिनफिल्ड टर्मिनल परियोजना’ को संयुक्त शिलान्यास गरेका छन् । सोही अवसरमा …

#झापा
Compare →

Related Stories

Sports
Build #2612