Trending
Prev Story
Next Story

झापा महिला गोल्डकप : रश्मिकुमारीको दोहोरो ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

Ekantipur •
November 23, 2026 • 01:32 PM
3
3 reads 0 reactions

झापाको दुधेमा सोमबार भएको खेलमा विभागीय टोली एपीएफले पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्‍यो ।

झापा महिला गोल्डकप : रश्मिकुमारीको दोहोरो ह्याट्रिकसँगै एपीएफ सेमिफाइनलमा

झापाको दुधेमा सोमबार भएको खेलमा विभागीय टोली एपीएफले पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्‍यो ।

विराटनगर — रश्मिकुमारी घिसिङको दोहोरो हयाट्रिकसँगै एपीएफ फुटबल क्लब दोस्रो एक्स्ट्रिम झापा महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको दुधेमा सोमबार भएको खेलमा विभागीय टोली एपीएफले पाहुना टोली भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० गोल अन्तरले पराजित गर्‍यो ।

एपीएफको जितमा रश्मिले एक्लै ६ गोल गरिन् । उनले २६औं मिनेटमा गोल गर्दै अग्रता दिलाइन् । रेनुका नगरकोटीको प्रहारलाई 'कट ब्याक' गर्दै उनले बल पोस्टको दिशा दिएकी थिइन् । ३०औं मिनेटमा रश्मिले दोस्रो गोल गरिन् । पहिलो हाफको अन्तिम मिनेटमा मैदानको मध्यभागबाट उनले ह्याट्रिक पूरा गरिन् ।

दोस्रो हाफमा पनि रश्मिको गोल यात्रा रोकिएन । ५२औं मिनेटमा पेनाल्टीमार्फत उनले चौथो गोल गरिन् । भुटानकी पुनम चेम्जोङले डि–एरियामा रश्मिलाई फाउल गरेपछि एपीएफले पेनाल्टी पाएको थियो । ५५औं मिनेटमा कुसुम खतिवडाको क्रसमा हेडमार्फत गोल गर्दै रश्मिले गोल संख्या ५ पुर्‍याइन् ।

५९औं मिनेटमा कुसुमसँग तालमेल गर्दै बल अघि बढाएर गोल गरेपछि रश्मिले दोहोरो ह्याट्रिक पूरा गरिन् । ६२ औं मिनेटमा अनिता केसीले रश्मिको पासमा गोल गर्दै एपीएफको जित ७–० ले सुनिश्चित गरिन् ।

खेल अवधिभर एपीएफले मैदानमा एकछत्र दबदबा कायम गर्‍यो । भुटानको टोलीले विपक्षी पोस्टमा कुनै उल्लेखनीय प्रहार गर्न सकेन ।

धरानमा हालै सम्पन्न धरान महिला गोल्डकपको विजेता एपीएफले झापा गोल्डकपमा पनि उपाधिको बलियो दाबेदारी प्रस्तुत गरेको छ । एपीएफ अघिल्लो संस्करणको उपविजेता हो । सेमिफाइनलमा झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलकी प्लेयर अफ द म्याच रश्मिकुमारी घिसिङ घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।मंगलबार अन्तिम क्वाटर फाइनलमा अर्को विभागीय नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1d ago
पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

पाहुना टोली पोखरालाई १० गोलले हराउँदै झापाको विजयी सुरुवात

स्याङताङको ह्याट्रिकको मद्दतले पाहुना टोली आरएस पोखरा फुटबल क्लबलाई १०-० गोलले हराउँदै झापा ११ फुटबल क्लबले विजयी सुरुवात गरेको छ।

#झापा #गोल #फुटबल
Compare →
Hamro Patro News
1d ago
प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

सुनसरी । विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपा...

#फुटबल #क्लब #गोल्डकप
Compare →
Onlinekhabar
6d ago
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय …

#गोल #फुटबल
Compare →

Related Stories

Sports
Build #2612