Trending
Prev Story
Next Story

एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

Nagarik News •
November 18, 2026 • 01:04 AM
3
3 reads 0 reactions

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किने विषयमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन्।

एनभिडियामा फर्किनेबारे पहिलोपटक बोले जेन्सेन हुआङ

अमेरिकी प्रविधि कम्पनी एनभिडियाका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले कम्पनीको नेतृत्वमा पुनः फर्किने विषयमा पहिलोपटक सार्वजनिक रूपमा मुख खोलेका छन्।

उनले कम्पनीको सञ्चालक समितिले चाहे आफू सीईओको जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका हुन्।

मंगलबार सामाजिक सञ्जाल एक्समा आफ्नो धारणा सार्वजनिक गर्दै हुआङले कर्मचारी, लगानीकर्ता, व्यावसायिक साझेदार र ग्राहकबाट पुनः कम्पनीको नेतृत्वमा फर्किन आग्रह भइरहेको बताए। सञ्चालक समितिले आफ्नो पुनरागमन सेयरधनी, कर्मचारी, कम्पनी र अमेरिकाको हितमा हुने ठाने आफू जिम्मेवारी सम्हाल्न तयार रहेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘म कम्पनीको सीईओका रूपमा फर्किन पाउँदा सम्मानित महसुस गर्नेछु।’

हुआङले आफ्नो व्यक्तिगत जीवनमा ‘गम्भीर गल्तीहरू’ गरेको स्वीकार गर्दै त्यसबाट कम्पनीको सञ्चालक समितिमा परेको असरप्रति दुःख व्यक्त गरेका छन्। उनले आफूले गरेका गल्तीको पूर्ण जिम्मेवारी लिने र सञ्चालक समितिको स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने पनि बताए।

उनको यो भनाइ एनभिडियाको नेतृत्वमा पुनरागमनका लागि कर्मचारी, लगानीकर्ता र प्रविधि क्षेत्रका व्यक्तिहरूबाट दबाब बढिरहेका बेला आएको हो। स्पेसएक्स र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कसहित सिलिकन भ्यालीका केही चर्चित व्यक्तिहरूले पनि हुआङलाई पुनः जिम्मेवारीमा फर्काउन माग गरिरहेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत हुआङको पुनरागमनमा आपत्ति नहुने बताएका छन्। सोमबार उनले हुआङले ठुलो पाठ सिकेको भन्दै उनलाई पुनः सीईओ बनाइए आफूलाई कुनै समस्या नहुने बताएका थिए।

हुआङले विवाहबाहिर सम्बन्ध रहेको स्वीकार गरेपछि एनभिडियामा विवाद चर्किएको थियो। चिनियाँ व्यवसायी एलिस हुआङसँग सम्बन्ध रहेको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका थिए। ती महिलाको चिनियाँ गुप्तचर निकायसँग सम्बन्ध रहेको आशंका गरिएपछि विवाद थप चर्किएको थियो।

एलिस सिंगापुरस्थित क्लाउड कम्प्युटिङ कम्पनी मेगास्पीड इन्टरनेसनलकी पूर्वकार्यकारी हुन्। उक्त कम्पनीमाथि अमेरिकी निर्यात नियन्त्रण उल्लंघन गर्दै एनभिडियाका उन्नत एआई चिप्स चीन पुर्‍याएको आरोपमा अनुसन्धान भइरहेको छ।

विवाद चर्किएपछि हुआङले नोभेम्बर १२ मा सीईओसहित कम्पनीका सबै पदबाट राजीनामा दिएका थिए। त्यसपछि कम्पनीको अन्तरिम नेतृत्व प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसले सम्हाल्दै आएकी छन्।

हुआङको पुनरागमनको माग गर्दै ‘स्ट्यान्ड विथ जेन्सेन’ नामक अनलाइन अभियानसमेत सञ्चालन गरिएको छ। उक्त अभियानमा एनभिडियाका वर्तमान तथा पूर्वकर्मचारी, लगानीकर्ता र प्रविधि क्षेत्रका व्यक्तिहरूले समर्थन जनाएका थिए। अभियानमा एक लाखभन्दा बढी हस्ताक्षर जुटेको बताइएको छ।

तर, हुआङको पुनरागमनको पक्षमा दबाब बढे पनि एनभिडियाको सञ्चालक समिति उनलाई पुनः नियुक्त गर्ने पक्षमा देखिएको छैन। सञ्चालक समितिका अध्यक्ष हार्वे जोन्सले मंगलबार कम्पनीको त्रैमासिक वित्तीय नतिजा सार्वजनिक गर्ने क्रममा समितिले सर्वसम्मत रूपमा हुआङको राजीनामा स्वीकार गरेको र उनलाई सीईओमा पुनर्स्थापना गर्ने कुनै योजना नरहेको बताएका हुन्।

उनले स्थायी सीईओ नियुक्तिका लागि प्रक्रिया अघि बढाइने तर उपयुक्त व्यक्ति नभेटेसम्म हतार नगरिने बताए।

यसैबिच, एनभिडियाले राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी नियमको पालना निगरानी गर्न सञ्चालक समितिअन्तर्गत नयाँ समिति गठन गर्ने भएको छ। हुआङसँग जोडिएको विवाद र चीनमा चिप्स बिक्रीसम्बन्धी अनुसन्धानपछि कम्पनीले यस्तो कदम चालेको हो।

अमेरिकी प्रतिनिधिसभाका सांसदहरूले पनि एनभिडियाका चिप्स चीनमा पुगेको विषयमा अनुसन्धान तीव्र बनाएका छन्। हुआङले डिसेम्बर १ मा संसदीय समितिसमक्ष बयान दिने सहमति जनाएका छन्। कम्पनीका कानुनी सल्लाहकार टिम टेटर डिसेम्बर २ मा उपस्थित हुनेछन्।

विवादका बाबजुद एनभिडियाले वित्तीय अवस्थामा भने बलियो प्रदर्शन गरेको छ। कम्पनीले अगस्टदेखि अक्टोबरसम्मको तेस्रो त्रैमासिकमा ११६ अर्ब अमेरिकी डलर आम्दानी गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर हो।

कम्पनीले चालु त्रैमासिकमा १३० अर्ब डलर आम्दानी हुने अनुमान गरेको छ। एआई र क्लाउड कम्प्युटिङ प्रविधिको विस्तारसँगै एनभिडियाका उन्नत चिप्सको माग बढिरहेको छ।

यसरी कर्मचारी, लगानीकर्ता र अमेरिकी राष्ट्रपति ट्रम्पसमेतको समर्थन पाए पनि हुआङको एनभिडियामा पुनरागमनको सम्भावना तत्कालका लागि बन्द भएको छ। कम्पनीले उनको विकल्प खोज्दै नयाँ नेतृत्वसहित अघि बढ्ने संकेत गरेको छ।

प्रकाशित: २ मंसिर २०८३ ०६:४९ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
2d ago
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा …

#हुआङ #सीईओ #एनभिडिया
Compare →
Hamro Patro News
6d ago
जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

जेन्सेन हुआङको महिला कर्मचारीसँग पनि सम्बन्ध, एनभिडियाको सीईओबाट हटाउने तयारी

२६ कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो चिप निर्माता कम्पनी एनभिडियाका सीईओ जेन्सेन हुआङको दोस्रो अफेयर बारे पनि खुलासा भएको छ। न्युयोर्क टाइम्सको रिपोर्टअनुसार, हुआङको एनभिडियाकै एक महिला अध...

#हुआङ #सीईओ #एनभिडिया
Compare →
Ekantipur
5d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#हुआङ #सीईओ #एनभिडिया
Compare →
Bizshala
4d ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

#हुआङ #सीईओ #एनभिडिया
Compare →
Arthasansar
5d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#सीईओ #एनभिडिया
Compare →

Related Stories

Technology
Build #2612