Trending
Prev Story
Next Story

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

Bizshala •
November 13, 2026 • 05:33 AM
5
5 reads 0 reactions

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्...

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा, कोलेट क्रेसलाई अन्तरिम जिम्मेवारी

काठमाडौं । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन् ।

कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामाबारे जानकारी दिँदै कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको जनाएको हो । क्रेस यसअघि कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ)का रूपमा कार्यरत थिइन् ।

अन्तरिम सीईओको जिम्मेवारी पाएपछि क्रेसले एनभिडियालाई तीव्र गतिको कम्प्युटिङ (एक्सेलेरेटेड कम्प्युटिङ) र कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा अग्रणी बनाउने कामलाई निरन्तरता दिने बताएकी छन् ।

उनले भनिन्, ‘हामी एनभिडियालाई एक्सेलेरेटेड कम्प्युटिङ र एआई क्षेत्रमा अग्रणी कम्पनी बनाउने कामलाई अगाडि बढाउनेछौँ र आगामी अवसरहरूको पूर्ण उपयोग गर्नेछौँ ।’

हुआङको राजीनामाको घोषणा गर्दै कम्पनीको सञ्चालक समितिले प्रमुखका रूपमा उनले पुर्‍याएको योगदानको प्रशंसा गरेको छ । साथै, कम्पनी र समग्र प्रविधि उद्योगमा पुर्‍याएको अतुलनीय योगदानका लागि हुआङलाई धन्यवाद दिएको छ ।

कम्पनीले जारी गरेको विज्ञप्तिमा एनभिडियाको विकास र सफलतामा हुआङको योगदान अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिएको छ । एनभिडिया विश्वकै महत्त्वपूर्ण प्रविधि कम्पनीमध्ये एक बन्नुमा उनको भूमिका निर्णायक रहेको कम्पनीको भनाइ छ ।

कोलेट क्रेस सन् २०१३ को सेप्टेम्बरमा एनभिडियामा आबद्ध भएकी थिइन् । त्यसयता उनले कम्पनीको कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ)को जिम्मेवारी सम्हाल्दै आएकी छन् ।

कम्पनीको सञ्चालक समितिका अनुसार उनले एनभिडियाको वित्तीय विभागको नेतृत्व गर्नुका साथै कम्पनीको विकास र रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् ।

एनभिडियामा आबद्ध हुनुअघि क्रेसले सिस्को र माइक्रोसफ्टलगायत प्रमुख प्रविधि कम्पनीहरूमा वित्तसम्बन्धी विभिन्न पदमा रहेर करिब २५ वर्ष काम गरेकी थिइन् ।

अन्तरिम सीईओ बनेपछि क्रेसले एनभिडियाको सबैभन्दा ठूलो शक्ति उसका कर्मचारी रहेको बताएकी छन् । उनले नेतृत्व टोलीसँग मिलेर हुआङले ३३ वर्षमा निर्माण गरेको बलियो आधारलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

उनले ग्राहक, साझेदार, विकासकर्ता र सेयरधनीको हितलाई केन्द्रमा राखेर कम्पनीका गतिविधि अघि बढाउने पनि बताएकी छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा

काठमाडौं : अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गर्दै कोलेट क्रेसलाई अन्तरिम सीईओ...

#एनभिडिया #सीईओ #हुआङ
Compare →
Onlinekhabar
1d ago
एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

एनभिडियाले कोलेट क्रेसलाई दियो अन्तरिम सीईओको जिम्मा

टेक कम्पनी एनभिडियाका सिईओ जेन्सेन हुआङले विवाहेत्तर सम्बन्धको विवादमा परेर राजीनामा दिएपछि कम्पनीले नयाँ अन्तरिम सीईओको जिम्मा कोलेट क्रेसलाई दिएको छ । क्रेस सन् २०१३ सेप्टेम्बरमा कम्पनीमा आबद्ध भएदेखि कार्यकारी उपाध्यक्ष प्रमुख वित्तीय अधिकृतको रुपमा कार्यरत …

#एनभिडिया #सीईओ #क्रेस
Compare →
Ekantipur
1d ago
एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

एनभिडियाका सीईओ जेन्सेन हुआङले दिए राजीनामा

हुआङको राजीनापछि कम्पनीका प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओ नियुक्त गरिएको एनभिडियाले जनाएको छ ।

#एनभिडिया #सीईओ #हुआङ
Compare →
Nagarik News
1d ago
एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

एनभिडियाका सीईओले ३३ वर्षपछि दिए राजीनामा

विश्वकै अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप निर्माता कम्पनी एनभिडियाका संस्थापक, अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले बिहीबार पदबाट राजीनामा दिएका छन्।

#एनभिडिया #सीईओ #राजीना
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#एनभिडिया #सीईओ #राजीना
Compare →

Related Stories

Technology
Build #2612