Trending
Prev Story
Next Story

एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा के सुध्रियो, के कमजोरी रह्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

Ekantipur •
November 23, 2026 • 04:03 PM
3
3 reads 0 reactions

विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :

एनपीएल तेस्रो सिजनसम्म आइपुग्दा के सुध्रियो, के कमजोरी रह्यो ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :

काठमाडौँ — तेस्रो सिजनमा नेपाल प्रिमियर लिग (एनपीएल) को आम्दानी डेढ अर्ब रुपैयाँ पुगेको क्यानको दाबी छ । विदेशी खेलाडीको आकर्षण, टिकटको उच्च माग र बढ्दो ब्रान्ड भ्यालुले प्रतियोगिताको व्यावसायिक सफलता देखाए पनि पिच, अम्पायरिङ, पूर्वाधार र व्यवस्थापनमा प्रश्न उठेका छन् । एनपीएलको तेस्रो सिजनका उपलब्धि, कमजोरी र सुधारका योजनाबारे हामीले पाँच प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौं :

तेस्रो सिजनमा एनपीएलको आम्दानी कति बढ्यो ?

पहिलो सिजनमा नेपाल क्रिकेट संघ (क्यान) को आम्दानी २७ करोड थियो र दोस्रोमा ४७ करोड पुग्यो । तेस्रो सिजनमा क्यानले डेढ अर्ब आम्दानी भएको बताएको छ । प्रायः सबै खेलको टिकट सोल्ड आउट भयो र फाइनलका लागि मात्रै २ लाख मानिसले आवेदन दिएको दाबी छ । राम्रा विदेशी खेलाडी आएपछि प्रतियोगिताको ब्रान्ड भ्यालु पनि बढ्यो । आगामी सिजनमा मिडिया राइट यो सिजनको ३३ करोडभन्दा बढ्ने पक्का मानिएको छ ।

डिआरएस (डिजिटल रिभ्यू सिस्टम) ले खेलमा के फरक पार्‍यो ?

यो सिजनमै पहिलो पटक डिआरएस आयो र अम्पायरका धेरै निर्णय सच्चिए । लिगको पहिलो ४ दिनमा लिइएका २२ रिभ्युमध्ये ११ निर्णय उल्टिए । विराटनगरका लोकेश बमलाई एलबीडब्लू आउट दिइएकोमा रिभ्युपछि निर्णय उल्टियो र उनले ८७ रनको इनिङ्स खेले । सुरुका केही खेलमा समस्या देखिए पनि समग्रमा टिमहरूले यसको सही प्रयोग गरे । प्रविधिमाथि विश्वास कायम राख्न प्रविधि र त्यसको सञ्चालन दुवै भरपर्दो हुनुपर्छ भन्ने पाठ पनि यसले सिकायो ।

तीनवटा पिच प्रयोगमा आएका थिए र ती नवनिर्मित जस्तै थिए । टी-२० पिच तयार पार्न समय पुगेको थिएन । मौसमले पनि बाधा पुर्‍यायो । ३२ खेलमध्ये दुई सयभन्दा बढी स्कोर तीन पटक मात्र बन्यो र ९ खेलमा १२० भन्दा कम स्कोर भयो । ब्याटरले खुलेर रन बटुल्न सकेनन् र पावर-प्लेमा रनभन्दा विकेट बढी खसे । जेम्स निसम र चितवनका कप्तान सिकन्दर राजालगायतले आलोचना गरे । च्याम्पियन सुदूरपश्चिमका प्रशिक्षक मिसबह उल-हकले चाहिँ ब्याटरले नै राम्रो खेलेनन् भने ।

स्वदेशी र विदेशी खेलाडीमा कसले बढी प्रभाव पार्‍यो ?

ब्याटिङमा विदेशी खेलाडी हावी भए । युवराज सामरा, जर्ज मुन्सी र कामिल मिसराले शतक बनाए तर कुनै नेपालीले शतक बनाएनन् । कुशल भुर्तेलको ९९ रनको इनिङ्स भने सम्झनलायक रह्यो । सर्वाधिक रन युवराज (२९४) ले बनाए र लोकेश बम (२४२) दोस्रो भए । बलिङमा भने नेपाली खेलाडी अगाडि रहे । चितवनका रिजन ढकाल सबैभन्दा बढी विकेट लिने भए र कमल सिंह ऐरी तेस्रो भए । चितवन, पोखरा र जनकपुरले विदेशी खेलाडीलाई कप्तान बनाउनुलाई नेपाली खेलाडीको साख गुमेको संकेतका रूपमा हेरिएको छ ।

क्यानको व्यवस्थापनमा के समस्या देखियो र अब के सुधार हुँदैछ ?

टिकटको मागअनुसार रंगशालाको क्षमता पुगेन । ई-टिकटलाई फिजिकल बनाउने ठाउँ गेटभन्दा धेरै टाढा थियो । खानेकुरा (विशेषगरी शाकाहारी), पानी र शौचालयमा पानीको अभाव भयो। वर्षामा मैदान बाहिर हिलो भयो र बाहिर सामान बेच्न पनि दिइएन । विराटनगर र सुदूरपश्चिमको खेल राति ९ बजेपछि खेलाइँदा विवाद भयो र सुदूरपश्चिम खेल्न चाहँदैनथ्यो । सुधारका लागि छैटौँ सिजनदेखि होम एन्ड अवे प्रणाली ल्याउने तयारी छ। सरकारले आठवटै क्लबका लागि फ्लडलाइटसहितका रंगशाला बनाइदिने योजना बनाएको छ, जसमा फाप्लाको निर्माण अघि बढिसकेको छ ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ

भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ

शनिबार तेस्रो सिजनको एनपीएलका बिजेता सुदूरपश्रिम रोयल्सको जितसंगै यो वर्षको एनपीयल सकिएको छ।

#एनपीएल #सिजन
Compare →
Hamro Patro News
1d ago
एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । उपाधि ...

#एनपीएल #सिजन
Compare →
Bizshala
1d ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल
Compare →
Arthasansar
2d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612