Trending
Prev Story
Next Story

भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ

Nagarik News •
November 22, 2026 • 08:00 AM
3
3 reads 0 reactions

शनिबार तेस्रो सिजनको एनपीएलका बिजेता सुदूरपश्रिम रोयल्सको जितसंगै यो वर्षको एनपीयल सकिएको छ।

भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ

नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजन सम्पन्न भएसँगै चर्चित होस्ट यशा सागर स्वदेश फर्कने भएकी छन्।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा लुम्बिनी लायन्सलाई १०  विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स च्याम्पियन बन्यो। तेस्रो सिजनको एनपीएल सकिएसँगै होस्ट यशा स्वदेश फर्किन लागेकी हुन्।

आइतबार सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै उनले एनपीएलका यादहरू सधैँ रहिरहने बताइन्।

‘समय बित्दै जान्छ तर एनपीएलका यादहरू सधैँ रहनेछ। धन्यवाद नेपाल, एनपीएलको ऐतिहासिक र सफल तेस्रो सिजनका लागि धेरै–धेरै बधाई, धेरै माया’, उनले लेखेकी छिन्।

उनी यो सिजनको सुरुवातदेखि नै एनपीएल होस्ट गर्दै आएकी थिइन्। शनिबारको फाइनल म्याचमा येसा नेपालको पारम्परिक पहिरनमा देखिएकी थिइन्।

भारतीय मूलकी क्यानेडियन मोडल यशा अभिनेत्री तथा टेलिभिजन प्रस्तोता पनि हुन्।

प्रकाशित: ६ मंसिर २०८३ १३:४५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
12h ago
एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । उपाधि ...

#एनपीएल #सिजन
Compare →
Bizshala
8h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल
Compare →

Related Stories

World News
Build #2612