Trending
Prev Story
Next Story

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

Nagarik News •
November 22, 2026 • 09:55 AM
3
3 reads 0 reactions

काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ।

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ।

धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ चुलो, हरियाली विस्तार र प्रदूषणको जोखिममा रहेका नागरिकको स्वास्थ्य सुरक्षासम्मका रणनीतिक कार्यक्रम उक्त क्षेत्रअन्तर्गत रहेका कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।

प्रमुख राईले भनिन्, ‘कामपाले सहरको वायु प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका लागि १० वटा मुख्य उद्देश्यसहित ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०८३’ मस्यौदासमेत तयार गरिसकेको छ।’

विभागले तयार पारेको कार्ययोजनामा सडकको धुलो र सवारीसाधनबाट निस्कने धुवाँ, फोहरमैला व्यवस्थापन, घरभित्रको वायु प्रदूषण, हरियाली विस्तार तथा जनस्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेको छ।

‘कामपा नसर्ने रोग (गैर सङ्क्रामक) र चोटपटकबाट नागरिकलाई बचाउन प्रतिबद्ध रहेका विश्वका सहरहरूको सञ्जालको सदस्य पनि हो। सोही कारणले विश्व स्वास्थ्य सङ्गठन, विश्वव्यापी स्वास्थ्य सङ्गठनको महत्वपूर्ण रणनीतिसँगको साझेदारी र ब्लुमवर्ग फिलान्थ्रोपिज (परोपकार र सामाजिक विकास संस्था)सँगको सहकार्यमा कार्यक्रम सञ्चालन हुने गरेका छन्। यसरी सञ्चालन हुने कार्यक्रममध्ये वायु प्रदूषण नियन्त्रण एउटा महत्वपूर्ण हो। भौगोलिक बनावटका कारण वायु प्रदूषणको असर हामीले पनि भोग्नु परेको छ। साझा प्रयत्नबाट हामी यसलाई घटाउन चाहन्छौँ’, प्रमुख राईले भनिन्।

कार्ययोजनाले वायु प्रदूषण रोकथाम तथा न्यूनीकरणका लागि नीतिगत, कानुनी, संस्थागत र आर्थिक व्यवस्था सुदृढ गर्ने पहिलो उद्देश्य राखेको छ।

यसअन्तर्गत कामपाका विद्यमान नीति, नियम, कार्यविधि तथा मापदण्डको समीक्षा र परिमार्जन गर्ने, प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ पुनरवलोकन गर्ने तथा विद्यालय र अस्पतालजस्ता संवेदनशील क्षेत्रलाई लक्षित गरी विशेष व्यवस्था गर्ने उल्लेख छ। विद्युतीय सवारीसाधन र विद्युतीय चुलोजस्ता स्वच्छ प्रविधिलाई प्रोत्साहन गरिनेछ।

सबै काम एउटै विभागबाट सञ्चालन गर्न नसकिने भएकाले विषयगत प्रकृतिअनुसार कामपाको ३२ वटै वडा कार्यालयलाई पनि जिम्मेवारी दिइएको प्रमुख राईले जानकारी दिइन्।

यसमा यातायात तथा सडक सुरक्षा योजना, सार्वजनिक निर्माण विभाग, उद्यान तथा हरियाली प्रवर्द्धन आयोजना, स्वास्थ्य विभाग, शिक्षा विभाग, सूचना प्रविधि विभाग, वडा कार्यालयहरूका जिम्मेवारी तोकिएका छन्।

कार्ययोजनामा केही काम तत्काल तथा निरन्तर, केही महिनाभित्र, केही एक वर्षभित्र र केही दुईदेखि पाँचवर्षको अवधिमा सम्पन्न गर्ने लक्ष्य राखिएको कामपाले जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८३ १५:४० आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

वायु गुणस्तर कायम गर्न कामपाको २७ वटा रणनीतिक क्षेत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले वायु गुणस्तर कायम गर्न २७ वटा रणनीतिक क्षेत्रसहितको कार्यक्रम अघि बढाउने योजना बनाएको छ । धुलो, धुवाँ, फोहर जलाउने प्रवृत्ति र सवारी प्रदूषण नियन्त्रणदेखि स्वच्छ ...

#काठमाडौं-महानगर #वायु #गुणस्तर
Compare →
Ekantipur
8h ago
६ मंसिर २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

६ मंसिर २०८३ : वायु गुणस्तर प्रतिवेदन : देशभरको अवस्था

आज देशभरको औसत वायु गुणस्तर सूचकांक करिब १३५ रहेको छ।

#वायु #गुणस्तर
Compare →
Onlinekhabar
1d ago
एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

एनएफएलमा तीन टिमका लागि २० वटा प्रस्ताव

काठमाडौं। नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ। त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन्। एनएफएलका कमिश्नर राजु घिसिङले भने- ‘आठ सहर लक्षित गरी …

#वटा
Compare →

Related Stories

Technology
Build #2612