Trending
Prev Story
Next Story

अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

Nagarik News •
November 22, 2026 • 09:44 AM
3
3 reads 0 reactions

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्।

अमेरिकाको ‘एफबीआई’ को सूचना प्रणाली ह्याक, अनुसन्धान सुरु

अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ।

घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर आक्रमणको अनुसन्धान गरिरहेको छ। ती व्यक्तिले नाम सार्वजनिक नगर्ने सर्तमा एसोसिएटेड प्रेस (एपी)लाई यसबारे जानकारी दिएका हुन्।

यसअघि सीएनएनले पनि सम्भावित ह्याकिङबारे समाचार प्रकाशित गरेको थियो। नेसनल क्राइम इन्फर्मेसन सेन्टर (एनसीआईसी) नामक उक्त कम्प्युटर प्रणालीमा आपराधिक न्यायसँग सम्बन्धित महत्त्वपूर्ण सूचना सङ्ग्रह गरिन्छ।

यसमा फरार अभियुक्त, बेपत्ता व्यक्ति, आपराधिक इतिहास, चोरी भएका सम्पत्ति तथा अन्य कानुन कार्यान्वयनसम्बन्धी विवरण समावेश छन्।

उक्त प्रणाली स्थानीय, राज्य तथा संघीय तहका कानुन कार्यान्वयन निकायहरूले प्रयोग गर्दै आएका छन्।

सम्भावित साइबर आक्रमणबारे शनिबार प्रतिक्रिया माग्दा एफबीआईले टिप्पणी गर्न अस्वीकार गरेको एपीले जनाएको छ।

एनसीआईसी अमेरिकाको कानुन कार्यान्वयन प्रणालीका लागि महत्त्वपूर्ण सूचना स्रोत भएकाले यसमा भएको सम्भावित अनधिकृत प्रवेशले आपराधिक सूचना तथा सुरक्षा व्यवस्थासम्बन्धी गम्भीर चासो उत्पन्न गरेको छ।

यद्यपि, ह्याकिङको प्रकृति, यसमा संलग्न पक्ष तथा कुन–कुन सूचना प्रभावित भए भन्नेबारे हालसम्म आधिकारिक विवरण सार्वजनिक गरिएको छैन।एपी

प्रकाशित: ६ मंसिर २०८३ १५:२९ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का

६ मङ्सिर, वासिङ्टन (रासस/एपी)। अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार एक व्यक्तिका अनुसार एफबीआईले शनिबार उक्त साइबर …

#प्रणाली #अनुसन्धान #एफबीआई
Compare →
Hamro Patro News
26m ago
अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

अमेरिकाको ‘एफबीआई’ को महत्त्वपूर्ण सूचना प्रणाली ह्याक भएको आशङ्का, अनुसन्धान सुरु

वासिङ्टन, ६ मङ्सिर । अमेरिकाको संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले आफ्नो नियन्त्रणमा रहेको महत्त्वपूर्ण राष्ट्रिय आपराधिक सूचना प्रणाली ह्याक भएको आशंकामा अनुसन्धान सुरु गरेको छ । घटनाबारे जानकार ए...

#अनुसन्धान #एफबीआई #सूचना
Compare →
Bizshala
1h ago
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी, सम्पत्ति शुद्धीकरण मुद्दामा सीआईबीले थाल्यो अनुसन्धान

काठमाण्डौ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता इन्द्र बानियाँविरुद्ध सम्पत्ति श...

#अनुसन्धान
Compare →
Ekantipur
17h ago
२१ किलो सुन तस्करीमा संगठित अपराधमा अनुसन्धान

२१ किलो सुन तस्करीमा संगठित अपराधमा अनुसन्धान

भन्सार ऐनअन्तर्गतको कसुरमा तीन चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा गइसकेपछि प्रहरीले फेरि संगठित अपराधको कसुरमा अनुसन्धान थालेको हो

#अनुसन्धान
Compare →
Arthasansar
3d ago
मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

मेरो सेयरबाटै आईपीओ, बोनस र ‘लक–इन’को सूचना पाइने

अब मेरो सेयर एपबाट नै आईपीओ, बोनस र लकइनको सूचना प्राप्त गर्न सकिने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेड...

#सूचना
Compare →

Related Stories

World News
Build #2612