Trending
Prev Story
Next Story

भारत पुगे प्रधानमन्त्री बालेन

Nagarik News •
November 22, 2026 • 09:41 AM
3
3 reads 0 reactions

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट उडेका उनी ३ बजेर १८ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भारत पुगे प्रधानमन्त्री बालेन

दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री बालेन शाह भारत पुगेका छन्।

नेपाल एयरलाइन्सको नियमित उडानमार्फत दिउँसो २ बजेर ८ मिनेटमा काठमाडौंबाट उडेका उनी ३ बजेर २६ मिनेटमा नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारत गएका शाहलाई विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिए।

भ्रमणको पहिलो दिन आज नै प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

मंसिर ७ गते सोमबार शाहको उच्चस्तरीय भेटघाटको कार्यतालिका तय भएको छ। उनले भारतीय समय अनुसार बिहान १० बजे नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।

त्यसपछि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। त्यसक्रममा शाह र मोदीबीच करिब आधा घण्टा एक्लाएक्लै भेटवार्ता गर्ने तयारी समेत छ। भ्रमणका क्रममा शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग पनि शिष्टाचार भेट गर्नेछन्।

भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ।

दुवै देशका नेतृत्वबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ।

त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्र (एमओयू) समेत आदानप्रदान गरिनेछ।

प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र छन्।

टोलीमा स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य पनि सहभागी छन्।

यसका साथै उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिसहित आधिकारिक टोलीमा कुल ३५ जना सदस्य छन्। निजी क्षेत्रबाट ५२ सदस्यीय व्यवसायीहरूको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शाहलाई बिदाइ गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ रास्वपाका सांसद जगदिश खरेल पुगेका थिए।

भ्रमण सम्पन्न गरी शाह मंसिर ७ गते साँझ ६ बजेर ३५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ। भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणबारे जानकारी दिनेछन्।

प्रकाशित: ६ मंसिर २०८३ १५:२६ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन् । दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडान...

#नेपाल-एयरलाइन्स #बालेन-शाह #भारत
Compare →
Bizshala
1h ago
प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि...

#बालेन-शाह #भारत #बालेन
Compare →
Arthasansar
1h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत
Compare →
Ekantipur
2h ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#नेपाल-एयरलाइन्स #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612