Trending
Prev Story
Next Story

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

Bizshala •
November 22, 2026 • 10:07 AM
3
3 reads 0 reactions

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि...

प्रधानमन्त्री बालेनसँगै अर्थमन्त्री वाग्ले भारत प्रस्थान, आजै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्ने

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को दुईदिने राजकीय भारत भ्रमणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पनि सहभागी भएका छन्। प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले आइतबार नयाँदिल्ली प्रस्थान गरेका हुन्।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले नेपाल र भारतबीच हुने उच्चस्तरीय बैठक तथा द्विपक्षीय छलफलहरूमा नेपाल सरकारका अर्थमन्त्रीका रूपमा सहभागिता जनाउने कार्यक्रम छ। उनले नेपाली प्रतिनिधिमण्डलमा दोस्रो वरीयताका मन्त्रीका रूपमा आर्थिक तथा वित्तीय सहकार्यसम्बन्धी विषयहरूमा नेपालको प्रतिनिधित्व गर्नेछन्।

अर्थमन्त्री वाग्लेले आइतबार साँझ नै नयाँदिल्लीमा आयोजना हुने नेपाल–भारत व्यावसायिक अन्तरक्रिया कार्यक्रमलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई)को संयुक्त आयोजनामा हुने कार्यक्रममा दुवै देशका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरू सहभागी हुनेछन्।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा उपलब्ध लगानीका अवसरबारे जानकारी गराउँदै भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी विस्तार गर्न आह्वान गर्ने अपेक्षा गरिएको छ।

अन्तरक्रियामा विशेषगरी नेपालमा लगानी प्रवर्द्धन, द्विपक्षीय व्यापार विस्तार, औद्योगिक सहकार्य, निर्यात प्रवर्द्धन तथा दुई देशबीच आर्थिक साझेदारी सुदृढ गर्ने विषयमा छलफल हुनेछ।

सो कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले पनि सम्बोधन गर्नेछन्।

प्रधानमन्त्री शाहले सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। उक्त वार्तामा व्यापार, ऊर्जा, पूर्वाधार, लगानी तथा आर्थिक सहकार्यलगायत विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डल सोमबार नै स्वदेश फर्किने कार्यक्रम छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
46m ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Hamro Patro News
1h ago
प्रधानमन्त्रीसँग सरकारी र निजी क्षेत्रसहित ८७ जना भारत प्रस्थान, को-को छन् भ्रमण टोलीमा ?

प्रधानमन्त्रीसँग सरकारी र निजी क्षेत्रसहित ८७ जना भारत प्रस्थान, को-को छन् भ्रमण टोलीमा ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र (बालेन) साह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको औपचारिक भ्रमणमा निस्किएका छन्। नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत प्रधानमन्त्री शाह आइतबार अपराह्न न...

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्रीसँग भारत भ्रमणमा ३५ जना सदस्य टोली, को-को हुन् ? (सूचीसहित)

प्रधानमन्त्रीसँग भारत भ्रमणमा ३५ जना सदस्य टोली, को-को हुन् ? (सूचीसहित)

प्रधानमन्त्री बालेन्द्र शाह ३५ सदस्यीय टोलीको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गर्दै छन्।

#बालेन-शाह #भारत #भ्रमण
Compare →
Ekantipur
1h ago
दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने राजकीय भ्रमणमा भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रधानमन्त्री वालेन्द्र शाह नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

#भारत #भ्रमण #प्रस्थान
Compare →

Related Stories

Politics & Governance
Build #2612