Trending
Prev Story
Next Story

मुख्यमन्त्री यादवको पहिलो निर्णय : प्रदेशभर एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने

Ekantipur •
November 22, 2026 • 11:02 AM
2
2 reads 0 reactions

मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पदभार गर्दै प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री यादवको पहिलो निर्णय : प्रदेशभर एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने

मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार पदभार गर्दै प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ — मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन् ।

मुख्यमन्त्री यादवले आइतबार पदभार गर्दै प्रदेशमा विद्यमान गरिबी, बेरोजगारी र न्यून साक्षरताजस्ता समस्याको समाधानका लागि सीप विकास, रोजगारी सिर्जना तथा उद्यमशीलता प्रवर्द्धनका लागि कार्यक्रम सञ्चालन गर्ने पहिलो निर्णय गरेका हुन् ।

प्रस्तावित कार्यक्रमअन्तर्गत पुन:सीप विकास तथा सार्वजनिक रोजगार सेवा प्रवर्द्धन, मुख्यमन्त्री महिला स्वरोजगार कार्यक्रम, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिका लागि स्वरोजगार कार्यक्रम र मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको निर्णयमा उल्लेख छ ।

त्यस्तै, आधुनिक प्रविधिमा आधारित स्वरोजगार तथा आत्मनिर्भरता प्रवर्द्धनका लागि कृत्रिम बुद्धिमत्ता (एआई), इ-कमर्स र कम्प्युटरसम्बन्धी तालिममार्फत युवाको क्षमता तथा उद्यमशीलता विकास गर्ने लक्ष्यसहित प्रदेशका आठवटै जिल्लामा एक महिनाभित्र कार्यक्रम प्रारम्भ गर्ने गरी प्रस्ताव गरिएको निर्णयमा उल्लेख छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5h ago
मधेसका मुख्यमन्त्री यादवले लिए शपथ

मधेसका मुख्यमन्त्री यादवले लिए शपथ

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

#मुख्यमन्त्री #यादव #सरोजकुमार
Compare →
Hamro Patro News
14h ago
नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवको सपथ आइतबार बिहान ११ बजे

जनकपुर - मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आइतबार बिहान ११ बजे सपथ ग्रहण गर्ने भएका छन् । मधेश प्रदेश प्रमुख कार्यालयका सचिव नारायण दाहालले आइतबार बिहान ११ बजे प्रदेश प्रमुख क...

#मुख्यमन्त्री #यादव #आइतबार
Compare →
Onlinekhabar
1d ago
मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवको शपथमा एमाले, कांग्रेस र नेकपाका नेता अनुपस्थित

६ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवको शपथ ग्रहण समारोहमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीका नेता सहभागी भएनन् । संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका …

#मुख्यमन्त्री #यादव
Compare →

Related Stories

National (Nepal)
Build #2612