बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । तर, त्यसयता उनी फरार भएका छन् ।
काठमाडौँ — बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवं कांग्रेस नेता इन्द्र बानियाँ फरार भएका छन् ।
बैंकिङ कसूर गरेको आरोपमा प्रहरीले एक साताअघि नै पक्राउ गर्न अदालतबाट अनुमति लिएको थियो । तर, त्यसयता उनी फरार भएका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एक अधिकृतका अनुसार, प्रभु बैंकबाट लिएको ३४ करोड रुपैयाँ कर्जा दुरुपयोगको छानबिनका क्रममा उनी पनि जोडिएका थिए । त्यसपछि सीआईबीले उनका छोरा दिक्षान्तलाई १६ कात्तिकमा पक्राउ परेको थियो ।
बानियाँ निर्माण सेवा प्रालि, बानियाँ सप्लायर्स प्रालि र भूगर्भ सिमेन्ट कम्पनीका नाममा प्रभु बैंकले उक्त ऋण प्रवाह गरेको ती अधिकृतको भनाइ छ । ‘ऋण लिएको रकम तोकिएको कामभन्दा बाहेकमा प्रयोग गरेको पाइएपछि उजुरी परेको थियो, त्यसअनुसार, बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अनुसार थालिएको थियो,’ सीआईबीका ती अधिकृतले भने ।
पूर्वमुख्यमन्त्री बानियाँ, बानियाँ निर्माण सेवाका सञ्चालकसमेत हुन् । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।