Trending
Prev Story
Next Story

मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

Ekantipur •
November 22, 2026 • 11:02 AM
2
2 reads 0 reactions

चार वर्षदेखि दूधको मूल्य नबढ्दा उत्पादन लागतसमेत नउठेको भन्दै किसानले मूल्य समायोजन र डीडीसीबाट नियमित भुक्तानीको माग गरेका छन्।

मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

चार वर्षदेखि दूधको मूल्य नबढ्दा उत्पादन लागतसमेत नउठेको भन्दै किसानले मूल्य समायोजन र डीडीसीबाट नियमित भुक्तानीको माग गरेका छन्।

धनकुटा — धनकुटा जिल्ला दुग्ध उत्पादक सहकारी संघमा आबद्ध किसानले दूधको मूल्य तत्काल समायोजन गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएका छन् । मङ्सिर १६ गतेसम्म दूधको मूल्य समायोजन नगरिए सरकारविरुद्ध आन्दोलनमा उत्रने उनीहरूले बताएका छन् ।

जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाका अध्यक्ष नारद कटुवाल नेतृत्वको समूहले धनकुटामा पत्रकार सम्मेलन गरी आफ्नो माग तत्काल सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । किसानले अहिले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्रै दूधको मूल्य पाइरहेको भन्दै मूल्य बढाउन माग गरेका छन् ।

अध्यक्ष कटुवालका अनुसार एक लिटर दूध उत्पादन गर्न किसानको ६५ रुपैयाँसम्म लागत लाग्ने गरेको छ । तर उत्पादन लागतभन्दा कम मूल्यमा दूध बिक्री गर्नुपर्दा किसान मारमा परेको उनले बताए । चार वर्षदेखि किसानले पाउने दूधको मूल्य वृद्धि नभएको उनको भनाइ छ ।

'एक लिटर दूध उत्पादन गर्न ६५ रुपैयाँ लागत लाग्छ । तर हामी ५० देखि ५५ रुपैयाँमा दूध बेच्न बाध्य छौँ,' कटुवालले भने, 'तत्काल मूल्य समायोजन नभए मङ्सिर १६ गतेदेखि आमहडतालका कार्यक्रम गर्छौँ । गाईवस्तु र भैँसीसहित सरकारविरुद्ध सडकमा उत्रन बाध्य हुनेछौँ ।'

दूधको मूल्य समायोजनसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले किसानलाई दूधको भुक्तानीसमेत नियमित नगरेको उनीहरूको गुनासो छ । महालक्ष्मी नगरपालिका–२ की किसान कृष्णमाया कटुवालले डीडीसीलाई बिक्री गरेको दूधको भुक्तानी भदौदेखि नपाएको बताइन् । 'हरेक १५ दिनमा दूधको भुक्तानी पाउनुपर्ने हो । तर तीन महिना बितिसक्दा पनि बक्यौता रकम पाएका छैनौँ,' उनले भनिन् ।

संघका अध्यक्ष कटुवालका अनुसार धनकुटाका विभिन्न संकलन केन्द्रमार्फत दैनिक १० हजार लिटर दूध डीडीसीलाई बिक्री हुँदै आएको छ । थप १५ हजार लिटर दूध कामधेनु र जीवन डेरीलगायत निजी डेरीमा बिक्री हुने गरेको छ । निजी क्षेत्रका डेरीले भने किसानलाई नियमित भुक्तानी दिइरहेको उनले बताए ।

धनकुटा जिल्ला दुग्ध उत्पादक सहकारी संघमा जिल्लाका सातवटै स्थानीय तहमा सञ्चालित करिब २७ वटा दुग्ध उत्पादक सहकारी तथा दूध संकलन केन्द्र आबद्ध छन् । किसानका माग सम्बोधन नभए ती सबै सहकारी र संकलन केन्द्रलाई समेटेर आन्दोलनमा उत्रने कटुवालले चेतावनी दिएका छन् ।

विनोद घिमिरे कान्तिपुर संवाददाता हुन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
37m ago
दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल...

#दूध #धनकुटा #किसान
Compare →
Onlinekhabar
1d ago
दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

दानाको मूल्यवृद्धिले संकटमा किसान, किन बढिरहेछ मूल्य ?

५ मंसिर, काठमाडौं । दूधको भाउ कम्तीमा लिटरको ७५ रुपैयाँ पुर्‍याउनुपर्ने माग गर्दै चितवनका दुग्ध किसानले ३० कात्तिकमा  सडक आन्दोलन चेतावनी सहित विज्ञप्ति निकाले । दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन गरी ५५ प्रतिशत …

#दूध #किसान
Compare →
Nagarik News
3d ago
बाँकेका दुग्ध किसान मर्कामा

बाँकेका दुग्ध किसान मर्कामा

बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन् ।

#दूध #किसान
Compare →
Bizshala
3d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612