Trending
Prev Story
Next Story

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल्य लागत अनुसार नभएको …

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल्य लागत अनुसार नभएको भन्दै मूल्य वृद्धि गर्न माग गरेको हो ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नारद कटुवालले हाल किसानले प्रतिलिटर ५० देखि ५५ रुपैयाँ मात्रै पाउँदै आएको बताउँदै उक्त मूल्य बढाएर कम्तीमा ८० रुपैयाँ पुर्‍याउनुपर्ने माग गरे । उनका अनुसार दाना, चोकरलगायत पशु आहारको मूल्य तथा औषधोपचार खर्च बढ्दै जाँदा दूध उत्पादनको लागत प्रतिलिटर करिब ६५ रुपैयाँ पुगेको छ ।

विगत तीनदेखि चार वर्षदेखि दूधको मूल्य वृद्धि नभएको अध्यक्ष कटुवालले बताए । बजारमा उपभोक्ताले खरिद गर्ने दूधको मूल्य बढे पनि त्यसअनुसार किसानले पाउने मूल्य नबढ्दा दुग्ध उत्पादक किसान मारमा परेको उनको भनाइ छ । किसानले उत्पादन गरेको दूध प्रतिलिटर ५० देखि ५५ रुपैयाँमा बिक्री गर्नुपरे पनि बजारमा उपभोक्ताले प्रतिलिटर १ सय २० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था रहेको महालक्ष्मी नगरपालिका वडा नं. २ की कृषक कृष्णमाया कटुवालले बताइन् । सरकारले लामो समयदेखि दूधको मूल्य नबढाउँदा पशु आहार, औषधोपचार तथा अन्य व्यवस्थापन खर्च धान्नसमेत कठिन भएको उनले बताइन् ।

संघका अनुसार धनकुटामा करिब ४० हजार किसान दुग्ध उत्पादनमा आबद्ध छन् । जिल्लामा दैनिक करिब ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये दैनिक करिब १० हजार लिटर दुग्ध विकास संस्थान (डीडीसी) ले खरिद गर्दै आएको छ भने कामधेनु, जीवन विकासलगायत निजी डेरी तथा अन्य संस्थाले समेत दूध संकलन गर्दै आएका छन् । जिल्लामा २७ वटा दुग्ध उत्पादक सहकारी संस्था तथा दूध संकलन केन्द्रमार्फत किसानले दूध बिक्री गर्दै आएका छन् । डिडिसिले भने भदौ १५ गतेदेखि किसानको दुधको भुक्तानी नदिएको किसानको गुनासो छ । धनकुटाका किसानले मात्रै डिडिसीबाट करिब डेढ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

संघले सरकारले मंसिर १५ गतेसम्म दूधको मूल्य वृद्धि नगरे मंसिर १६ गतेदेखि आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । माग सम्बोधन नभए किसानले गाईवस्तुसहित सडकमा उत्रिएर चक्काजाम गर्ने तथा उत्पादित दूध भण्डारण गरेर बजारमा नपठाउने अध्यक्ष कटुवालले बताए । सरकारले पटक–पटक दूधको मूल्य वृद्धि गर्ने आश्वासन दिए पनि कार्यान्वयन नगरेको संघको आरोप छ । किसानले उत्पादन लागतअनुसार दूधको मूल्य निर्धारण गरी दुग्ध उत्पादकलाई राहत दिन सरकारसँग माग गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
41m ago
दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

दूधको मूल्य बढाउन धनकुटाका किसानको माग

६ मंसिर, धनकुटा । धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेका छन् । जिल्ला दुग्ध उत्पादक सहकारी संघ धनकुटाले हाल किसानले पाउँदै आएको दूधको मूल...

#धनकुटा #दूध #किसान
Compare →
Ekantipur
29m ago
मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

मंसिर १६ सम्म दूधको मूल्य समायोजन गर्न धनकुटाका किसानको 'अल्टिमेटम'

चार वर्षदेखि दूधको मूल्य नबढ्दा उत्पादन लागतसमेत नउठेको भन्दै किसानले मूल्य समायोजन र डीडीसीबाट नियमित भुक्तानीको माग गरेका छन्।

#धनकुटा #दूध #किसान
Compare →
Nagarik News
3d ago
बाँकेका दुग्ध किसान मर्कामा

बाँकेका दुग्ध किसान मर्कामा

बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन् ।

#दूध #किसान
Compare →
Bizshala
3d ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612