Trending
Prev Story
Next Story

बाँकेका दुग्ध किसान मर्कामा

Nagarik News •
November 19, 2026 • 07:44 AM
2
2 reads 0 reactions

बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन् ।

बाँकेका दुग्ध किसान मर्कामा

बाँकेमा अवैध बाटोबाट दूध भित्रिने क्रम नरोकिँदा नेपाली किसान मर्कामा पर्दै आएका छन्।

नेपालगन्ज लगायत आसपासका ग्रामीण बजारमा अवैध बाटोबाट दूध भित्रिनेक्रम नरोकिएकाले किसान मर्कामा परेका हुन्। दुग्ध व्यवसायी सङ्घ बाँकेका अध्यक्ष दीपकराज भण्डारीले अवैध बाटोबाट दूध भित्रिनक्रम नरोकिएकाले नेपाली किसान मर्कामा परेको बताए।

नेपालगन्ज उपमहानगरपालिका, खजुरा, जानकी, नरैनापुर र डुडुवा गाउँपालिकामा खुलेआम अवैध बिक्रीवितरण हुने गरेको छ। नेपाल–भारत मुख्य नाका जमुनाहबाट अवैध दूध आयातमा रोक लगाइए पनि ग्रामीण नाकाबाट अवैध दूध भित्रिने गरेको छ।

बाँके जिल्ला दूध उत्पादनमा आत्मनिर्भर भएको हुँदा भारतबाट अवैध रूपमा आउने कच्चा दूध तथा दुग्धजन्य पदार्थले राजस्व चुहावट हुनुका साथै यहाँका किसानले उत्पादन गरेको दूध बिक्री नहुने अवस्था आएकाले नेपाल भित्रिने दूध तथा दुग्धजन्य पदार्थ तत्काल रोक्नुपर्ने अध्यक्ष भण्डारीले बताए।

गुणस्तरहीन दूध सस्तो दरमा बिक्रीवितरण हुन थालेपछि स्थानीय किसानको दूधले बजार पाउन नसकेको डुडुवा गाउँपालिका–५ कम्दीका अगुवा सूर्यलाल यादवले बताए।

“कम्दीका किसानको मुख्य आयस्रोत दूध बिक्री हो, यहाँका प्रत्येक घरबाट दूध बेच्ने गरिएको छ”, यादवले भने, “कम्दी गाउँमा मात्रै करिब दुई हजार भैँसी पालिएको छ तर पछिल्लो समय दूध बिक्रीवितरण नहुँदा समस्या बढ्दै गएको छ।

प्रकाशित: ३ मंसिर २०८३ १३:२९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
2d ago
दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।

#दूध #किसान
Compare →
Onlinekhabar
5d ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#किसान #बाँके
Compare →
Bizshala
18h ago
३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण

३९ वर्षको प्रतीक्षापछि बाँकेका १० भूमिहीन परिवार बने जग्गाधनी, राप्ती सोनारीमा लालपुर्जा वितरण

काठमाण्डौ । झन्डै चार दशकदेखि जग्गाको स्वामित्व पाउने प्रतीक्षामा रहेका बाँकेको राप्ती सोनारी गाउँपालिकाका १०...

#बाँके
Compare →
Hamro Patro News
2d ago
उखुको मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलन गर्ने किसानको चेतावनी

उखुको मूल्यवृद्धि र बाँकी भुक्तानीको विषयमा सहमति नभए आन्दोलन गर्ने किसानको चेतावनी

काठमाडौं : उखु उत्पादक किसानले चालु आर्थिक वर्षका लागि सरकारी अनुदानसहित उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्। बढ्दो उत्पादन लागत र महँगीअनुसार उखुको मूल्यवृ...

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612