Trending
Prev Story
Next Story

चितुवा र दुम्सी आतंकले किसान चिन्तित

Onlinekhabar •
November 19, 2026 • 01:31 AM
7
7 reads 0 reactions

३ मंसिर, बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् …

चितुवा र दुम्सी आतंकले किसान चिन्तित

३ मंसिर, बागलुङ । पछिल्लो नौ महिनामा बागलुङको जैमिनी नगरपालिका–२ दमेकका किसान गङ्गाधर सापकोटासहित पाँच किसानको १२ बोका बाख्रा चितुवाले खायो । दमेकको गौडा, भैँसेखर्क र टापुका २५ घर पशुपालन र खेती पातीमा निर्भर छन् । चितुवा र दुम्सीको आतंकले हैरान बनाएको छ ।

चितुवाले सापकोटाको दुई बोका र एक पाठी, स्थानीय रत्न परियारको तीन बोका/बाख्रा, नारायण सापकोटाको दुई, मेहन्द्र हमालको दुई र गङ्गाबहादुर ठकुरीको दुई बाख्रा/पाठामा क्षति पुर्‍याएको छ ।

जैमिनीको ग्रामीण क्षेत्रमा चितुवा र दुम्सीको बढ्दो आतंकका कारण पशुपालन र अन्न बाली सङ्कटमा पर्न थालेको छ । चितुवाले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि किसानले खर्कमा पशु चराउन छाड्नुपर्ने बाध्यता रहेको सापकोटा बताउँछन् ।

‘अहिले गौडा, भैँसेखर्क र टापु क्षेत्रमा स्थानीयवासी भए पनि धोद्रे, चिरपानी, खाल्टा, बात्थला र चौडिलालगायत गाउँ रित्तिएपछि चितुवा र दुम्सीको आतंक बढ्न थालेको हो,’ सापकोटाले भने, ‘हाम्रो गाउँमा बसाइँसराइ छैन छिमेकी गाउँ रित्तिँदा खेतबारी झाँडी बनेपछि चितुवा र दुम्सी गाउँ पस्न थाल्यो ।’

किसानले बारीमा पुगेर बाँदरलाई धपाउन सक्ने भए पनि चितुवा र दुम्सीसँग केही नलागेको उनको भनाइ छ ।

चितुवाले खर्कमै पुगेर चर्दै गरेका बाख्रा आक्रमण गर्ने र दुम्सीले खेतीबाली नष्ट गर्ने गरेपछि किसान थप समस्यामा परेको अर्का बाख्रापालक किसान रत्न परियारले गुनासो गरे । उनले चितुवा लखेट्ने कुकुर जैमिनी नगरपालिकासँग माग गरेको बताए ।

आठ वर्षदेखि पशुपालन व्यवसायमा संलग्न गंगाधर सापकोटाले सुरुमा २० वटा गाई र २७ वटा बाख्रा पाल्दै आए पनि अहिले बाख्राको सङ्ख्या घटाउँदै आएको बताए ।

जैमिनी नगरपालिकामा बसाइँसराइ उच्च रहेपछि बाँझो जग्गा बढ्दा बाँदर, चितुवा र दुम्सीले बाँकी रहेका स्थानीयलाई समस्यामा पारेको छ ।

जैमिनी नगरपालिकामा बसाइँसराइ बढेपछि झाडी विस्तार भएको छ । त्यसले किसानलाई समस्या पारेको छ । जैमिनी नगरपालिकाबाट बसाइँसराइ गरेर जानेको सङ्ख्या बढी रहेको जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पाण्डेले जानकारी दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5d ago
गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

गाउँ छिर्‍याे हात्तीको बथान : किसान चिन्तित

झापा। भारतबाट तीन दिनअघि नेपाल प्रवेश गरेको हात्तीको बथान बाहुनडाँगी हुँदै बुद्धशान्ति क्षेत्रसम्म आइपुगेपछि स्थानीयमा बालीनालीसँगै मानवीय सुरक्षाको चिन्ता बढेको छ । धान काटेर थन्क्याउने तयारीमा र...

#किसान #चिन्तित
Compare →
Bizshala
16h ago
किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

किसानको धान किन्न सरकारले छुट्यायो साढे ६७ करोड, डेढ लाख क्विन्टल खरिद गर्ने तयारी

काठमाण्डौ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ मा किसानबाट १...

#किसान
Compare →
Ekantipur
1d ago
सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

सरकारले तोक्न लागेको उखुको समर्थन मूल्यमा किसानको असहमति

बेलाबेला बजारमा चिनी प्रतिकिलो १ सय ३० भन्दा पनि बढी पुगिरहेकाले उखुको समर्थन मूल्य पनि उसैगरी बढाउनुपर्ने किसानको माग

#किसान
Compare →
Nagarik News
2d ago
किसानका पीडा : उत्पादन छ, मूल्य छैन

किसानका पीडा : उत्पादन छ, मूल्य छैन

सरकारले धानको न्यूनतम समर्थन मूल्य समयमै तोक्न थाले पनि किसानले त्यसको लाभ पाउन सकेका छैनन्।

#किसान
Compare →

Related Stories

Business & Economy
Build #2612