Trending
Prev Story
Next Story

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

Ekantipur •
November 16, 2026 • 11:02 AM
2
2 reads 0 reactions

दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ।

चितवन — हप्तादिनभित्र दूधको मूल्य नबढाए आन्दोलनमा उत्रने चितवनका दुग्ध उत्पादक किसानले चेतावनी दिएका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरी किसानले प्रतिलिटर दूधको ७५ रुपैयाँ पाउने गरी मूल्य बढाउन माग गरेको छ । चार वर्षयता दूधको मूल्य नबढ्दा किसान मर्कामा परेको संघले जनाएको छ ।

संघका सचिव कल्याण अधिकारीले मूल्य बढाउन माग गर्दै दसैंअघि नै कृषि मन्त्रालयदेखि संघीय संसद्को कृषि समितिसम्म मागपत्र बुझाए पनि सुनुवाइ नभएको बताए । राष्ट्रिय दुग्ध विकास नीति–२०७८ मा प्रत्येक दुई वर्षमा मूल्य पुनरावलोकन गर्ने व्यवस्था भए पनि सरकारले कार्यान्वयन नगरेको उनको भनाइ छ । चार वर्षअघि अर्थात् २०७९ मा मूल्य बढेयता किसानले पाउने मूल्य यथावत् रहेको उनले बताए ।

संघका चितवन अध्यक्ष किशोर बगालेले चार वर्षअघि चिल्लो पदार्थ (फ्याट) चार र एसएनएफ आठ भएको दूधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ कायम गरिएको बताए । यही नै हालसम्म किसानले पाउँदै आएको अधिकतम मूल्य हो । फ्याट चार र एसएनएफ आठ नपुगे किसानले योभन्दा कम मूल्यमा पनि दूध बेच्दै आएका छन् । अहिले दूध उत्पादनको लागत नै प्रतिलिटर ६० रुपैयाँभन्दा बढी हुने गरेको बगालेको दाबी छ।

‘दाना र त्यसको कच्चा पदार्थको मूल्य अत्यधिक बढेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै धेरै कुराको मूल्य बढ्यो । सरकारले नै त्यो बेला उचित निर्णय गर्छ भन्ने लागेको थियो । तर अहिलेसम्म केही वास्ता गरेको छैन,’ बगालेले भने । चार वर्षअघि प्रतिकिलो २५ रुपैयाँमा पाइने मकै अहिले ५५ रुपैयाँ पुगेको उनले बताए । त्यसैगरी ढुटो प्रतिकिलो ३० रुपैयाँबाट बढेर ४५ रुपैयाँ पुगेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले मूल्यवृद्धिका लागि तत्काल प्रक्रिया सुरु गर्नुपर्ने बगालेले बताए । ‘बोर्डले गरेको अध्ययनका आधारमा सरकारले मूल्य निर्धारण गर्न सक्छ । बोर्डले अध्ययन गरेको छ । हामीले पनि बोर्डलाई धेरै कुरा बताएका छौं । तर सिफारिस गर्दैन,’ बगालेले भने ।

सचिव कल्याण अधिकारीका अनुसार चितवनमा दैनिक तीन लाख ५५ हजार लिटर दूध उत्पादन हुन्छ । जिल्लामा दुग्ध उत्पादक सहकारी संस्था ११७ वटा छन् । ४० हजार किसान दूध उत्पादनमा संलग्न रहेको उनले बताए । एकै व्यक्तिले ४०/५० वटा गाई पालेर दैनिक चार सय लिटरभन्दा बढी दूध उत्पादन तथा बिक्री गर्दै आएका छन् । ‘तर मूल्य नपाउँदा किसान आत्तिएका छन् । किसानको पीडालाई अवमूल्यन गरे सडक आन्दोलन गर्नुपर्ने बाध्यात्मक अवस्था आउँछ,’ सचिव अधिकारीले भने ।

चितवनमा उत्पादन हुने दूधमध्ये ५५ प्रतिशत जिल्ला बाहिर काठमाडौं उपत्यकासहित मकवानपुर र कास्कीसम्म पुग्ने अध्यक्ष बगालेले जानकारी दिए । केन्द्रीय सहकारी संघसँग परामर्श गरेर आन्दोलनमा जाने उनको भनाइ छ । चितवनका किसानले विगतमा पनि सडकमा दूध पोखेर आन्दोलन गरेको र अहिले किसानको पीडा बढ्दै जाँदा चुप लागेर बस्न नसक्ने अवस्था आएको बगालेले बताए ।

दुग्ध उत्पादक किसानलाई पहिले दूध बिक्री गर्न र बिक्री भएको दूधको भुक्तानी पाउनसमेत सकस थियो । तर अहिले दूध बिक्री गर्न समस्या नभएको बगालेले जानकारी दिए । त्यसैगरी बिक्री भएको दूधको भुक्तानी पनि समयमै हुने गरेको उनको भनाइ छ । किसानले उचित मूल्य नपाए पनि उपभोक्ताले समेत सस्तो मूल्यमा दूध पाउन नसकेको उनले बताए । सबै पक्षलाई विचार गरेर निर्णय लिन उनले सरकारलाई आग्रह गरे ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
37m ago
दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी

दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ नपाए आन्दोलन गर्ने चितवनका किसानको चेतावनी दाना, मकै र ढुटोको मूल्य बढे पनि दूधको मूल्य नबढ्दा उत्पादन लागत धान्न नसकेको किसानको गुनासो छ। कार्तिक ३०, २०८३ रमेशक...

#दूध #किसान #प्रतिलिटर
Compare →
Nagarik News
5h ago
सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

सरकारी खरिद ढिलाइ हुँदा सस्तोमा धान बेच्दै किसान

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद प्रक्रिया ढिलो सुरु गर्ने भएपछि बर्दियाका किसान सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएका छन्।

#किसान
Compare →
Onlinekhabar
23h ago
चितवनमा धुमधामपूर्वक मनाइयो छठ

चितवनमा धुमधामपूर्वक मनाइयो छठ

२९ कात्तिक, काठमाडौं । तराईवासीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ चितवनमा पनि धुमधामका साथ मनाइएको छ । छठ पर्वका अवसरमा चितवनको नारायणी नदी किनारमा सूर्यदेवको पूजा आराधना गर्न भक्तजनहरूको ठूलो घुइँचो लागेको थियो । चार …

#चितवन
Compare →
Arthasansar
1d ago
कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

कर्णालीले चितवनलाई हरायो, हुसेन तलतको अलराउण्ड प्रदर्शन

हुसेन तलतको अलराउण्ड प्रदर्शनमा कर्णालील याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार भएको खेलमा चितवन राइनोजलाई २४ रनले पराजित गरेको...

#चितवन
Compare →

Related Stories

Business & Economy
Build #2612