Trending
Prev Story
Next Story

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

Arthasansar •
November 21, 2026 • 03:06 PM
2
2 reads 0 reactions

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदुरपश्चिमले उपाधि जितेको हो ।

अहिल्ला दुई फाइनामा उपविजेतामा सिमित भएको सुदुरपश्चिमले तेस्रो सिजनमा आइपुग्दा उपाधिको खडेरी तोडेको हो । लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदुरपश्चिमले १३.३ ओभरमा कुनै पनि विकेट नगुमाएर पुरा गरेको हो । उसका लागि ओपनर जर्ज मुन्सीले सतकीय पारी खेले । उनले ५४ बलमा १२५ रनको पारी खेले । अर्का ओपनर विनोद भण्डारी ३० रनमा अविजित रहे ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो । लुम्बिनीका लागि दिलिप नाथले अविजित रहँदै सर्वाधिक ३९ रन बनाए । कप्तान रोहित पौडेलले ३० र विकेटकिपर निरोशन डिकवेलाले २८ रन बनाए । अली शेखले २४ र डार्शी सर्टले २१ रन जोडे । बलिङमा सुदूरपश्चिमका स्कट कुगेलेइनले २ तथा थरिन्दु रत्नायके र कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीले समान १ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1h ago
लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

लुम्बिनीविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिमले जित्यो तेस्रो संस्करणको एनपीएलको उपाधि

काठमाडौं- लुम्बिनी लायन्सविरुद्ध शानदार जित निकाल्दै सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनलमा सुदूरपश्चिमले लुम्बिनीलाई १० विकेटले प...

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Ekantipur
4h ago
एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

एनपीएल फाइनल आज : लुम्बिनी र सुदूरपश्चिम उपाधिका लागि भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधिका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने फाइनल साँझ ५ बजे हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Nagarik News
12h ago
एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

एनपीएलको उपाधिका लागि आज सुदूरपश्चिम र लुम्बिनी भिड्दै, खेल ५ बजेदेखि सुरु हुने

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमाआज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स खेल्दै छन्।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612