Trending
Prev Story
Next Story

एनपीएल सिजन–३: पिच खलनायक थियो कि ब्याटरले खराब खेले?

Ekantipur •
November 23, 2026 • 01:32 AM
3
3 reads 0 reactions

तेस्रो सिजनको पटकथामा खलनायक कोही रह्यो भने त्यो पिच थियो । साँच्चै पिच खलनायक ? धेरै हदसम्म । खास–खास कारणले गर्दा पिचले ट्वान्टी–२० क्रिकेटको उच्च सनसनी दिन बाधा पुर्‍याउने काम गरेको थियो ।

एनपीएल सिजन–३: पिच खलनायक थियो कि ब्याटरले खराब खेले?

तेस्रो सिजनको पटकथामा खलनायक कोही रह्यो भने त्यो पिच थियो । साँच्चै पिच खलनायक ? धेरै हदसम्म । खास–खास कारणले गर्दा पिचले ट्वान्टी–२० क्रिकेटको उच्च सनसनी दिन बाधा पुर्‍याउने काम गरेको थियो ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको उपाधि त्यही टिमले जितेको छ, जसले जितोस् भन्ने तटस्थ कामना धेरैको थियो । लगातार दुईपल्ट फाइनल पुगेर पनि हारेको टिमले तेस्रो प्रयासमा जित्छ भने त्यो खुसी दिने खालकै हुन्छ ।

सुदूरपश्चिमले शनिबार फाइनलमा पक्षमा एकोहोरोजस्तै रह्यो । फाइनल अगाडि एकखाले डर थियो, कतै यो टिम फेरि एकपल्ट उपाधिको नजिक पुगेर पनि चुक्यो भने ? त्यसमाथि लिग चरणमा सुदूरपश्चिमको प्रदर्शन उत्तिकै प्रभावशाली रहेन, जति यसअघिका दुई सिजन थिए ।

लुम्बिनी लायन्स पनि फाइनल अगाडि एक प्रकारले लयमै थियो, जसलाई टिम आफैंले बारम्बार ‘मोमेन्टम’ को नाम दिएको थियो । तर जसरी सुदूरपश्चिमले लक्ष्य पछ्याउने क्रममा आफ्नो इनिङ्स खेल्यो, त्यो अद्वितीय नै रह्यो । जर्ज मन्सीले त्यसरी खेले कि लागिरहेको थियो, जुनसुकै लक्ष्य अगाडि रहेको भए पनि त्यसलाई पार लगाइन्थ्यो । त्यसैले जति–जति बेला एनपीएलको तेस्रो सिजनको चर्चा गरिनेछ, त्यसमा सबैभन्दा आगडि आउने तथ्य भनेकै सुदूरपश्चिम च्याम्पियन हुनु रहनेछ ।

अनि जसरी स्कटल्यान्डका ती ओपनर मन्सीले खेले, त्यसको पछिसम्म पनि दोहोर्‍याएर चर्चा गरिनेछ । पूरा प्रतियोगितालाई एउटा सिनेमा मान्ने हो भने मन्सीले फाइनलमा पुगेर त्यस्तो ‘क्यामियो’ भूमिका खेले, जसले सुदूरपश्चिमको त्यस अगाडि पूरा गर्न नसकेको सपनालाई साकार पारे । प्रतियोगिताको पूरा पटकथाको अधिकांश भागमा मन्सी कतै थिएनन् । तर एउटा यस्तो इनिङ्स खेले, जसले उनलाई नै निर्णायक बनायो । उनी एकाएक नायक बने ।

तीन सिजनको समाप्तिमा सुदूरपश्चिम अब त्यस्तो टिम भएको छ, जसलाई सबैभन्दा अब्बल र सफल मान्न सकिन्छ । अबको सिजन एकातर्फ सुदूरपश्चिम हुनेछ, अनि अर्कोतर्फ बाँकी सात टिम । यी अन्य टिमको काम भनेकै सुदूरपश्चिमलाई डिफेन्डिङ च्याम्पियनका रूपमा थप उपाधि जित्नुबाट रोक्नु हुनेछ । होइन भने दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा सुदूरपश्चिम अबको सिजनमा असाध्यै बलियो भएर प्रस्तुत हुन सक्नेछ । अहिलेका लागि खालि यति भने पुग्छ, तेस्रो सिजन भन्नु नै ‘सुदूरपश्चिम च्याम्पियन एक मात्र सत्य’ भएको छ ।

तेस्रो सिजनको पटकथामा खलनायक कोही रह्यो भने त्यो पिच थियो । साँच्चै पिच खलनायक ? धेरै हदसम्म । खास–खास कारणले गर्दा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पिचले ट्वान्टी–२० क्रिकेटको उच्च सनसनी दिन बाधा पुर्‍याउने काम गरेको थियो । त्यसैले धेरै खेलाडी र प्रशिक्षकले यसको आलोचना गरे । प्रतियोगिताका लागि तीन पिच प्रयोगमा आएका थिए र यी नवनिर्मितजस्तै थिए । प्रतियोगिताका अगाडि टी–२० पिच तयार पार्न समय अलिकति पुगेको थिएन ।

मौसमले पनि अनेक मोडमा बाधा पुर्‍याएकै थियो । पूरा सिजन दुई सयमाथिको स्कोर तीनपल्ट मात्रै खडा भएको थियो । यसको अर्थ के भने यो पिचमा खुलेर रन बटुल्न ब्याटर संघर्षरत रह्यो । पावर–प्लेमा पनि सक्दो रन बनेन, बरु विकेट नै धेरै खसे । यहाँनिर चितवन राइनोजका कप्तान सिकन्दर राजाको एउटा भनाइ उल्लेख गर्नु नै पर्छ । उनका अनुसार नेपाली क्रिकेटलाई माथिल्लोस्तरमा पुर्‍याउने हो भने पिच अझ राम्रो हुनुपर्नेछ, त्यसमा बढी रन बनाउन सकिने खालको हुनुपर्छ ।

राम्रो पिचले नै नेपाली ब्याटरलाई अबको दिनमा अन्तर्राष्ट्रिय क्रिकेटमा अझ राम्रो खेल्न मद्दत गर्नेछ, उनी यस्तै भन्थे । र, यो नै धेरै हदसम्म वास्तविक तथ्य हो । यति भन्दाभन्दै यहाँनिर प्रतियोगिताको पहिलो दिन च्याम्पियन बनेको सुदूरपश्चिमका प्रशिक्षक मिसबह उल–हकले जे भने, त्यसलाई पनि बिर्सनुचाहिँ हुन्न । उनी भन्थे, पिच सायद धेरै खराब छैन, ब्याटरले नै खराब खेलेका हुन् । केही हदसम्म यी पाकिस्तानी लिजेन्डको भनाइ पनि ठीक हो ।

उनीहरूको भनाइबाट बीचको निचोड के हो भने तेस्रो सिजनको एनपीएल जतिसुकै तामझामले सकिएको भए तापनि नेपाली क्रिकेटले गर्नुपर्ने काम धेरै बाँकी छ । त्यो भनेको नेपाली क्रिकेट टी–२० ढाँचामै मात्र अल्झिरहनु हुन्न । घरेलु क्रिकेटलाई अझ बलियो बनाउनुपर्ने हुन्छ । सेतो बलको क्रिकेटमै मात्र बढी ध्यान नदिएर रातो बलको खेललाई पनि उत्तिकै महत्त्व दिनुपर्छ । दुई अथवा त्योभन्दा बढी दिन खेलिने क्रिकेटले नै राम्रो ब्याटर अथवा बलर दिनेछ, त्यो पनि बिर्सन हुन्न ।

हामीसँग पूरा प्रतियोगिताको अचुक विश्लेषण गर्ने तथ्यांक र आधार उपलब्ध छैनन् तर एउटा तथ्य के हो भने हाम्रा स्वदेशी खेलाडी विदेशी खेलाडीको तुलनामा केही पछाडि नै देखिए । सुरुका केही खेलमा ‘प्लेयर अफ द म्याच’ मा नेपालीको वर्चस्व रहँदा सबै खुसी थिए । तर प्रतियोगिता अगाडि बढ्दै जाँदा खेलमा होस् अथवा निर्णायक मोडमा, विदेशी खेलाडी नै हाबी रहे । नेपाली खेलाडी प्रतियोगिता अगाडि बढ्ने क्रममा केही थाकेको, खुलेर खेल्न नसकेको पनि देखियो ।

प्रतियोगिताको लिग चरणमा जति बेला प्ले–अफ समीकरण बन्ने मोड आयो, अनि इलिमिनेटरदेखि क्वालिफायर र फाइनल नै भए, त्यसमा विदेशी खेलाडी हाबी हुन थाले । स्वदेशी खेलाडीको प्रदर्शन केही ओझेलमै परेको अनुभव गर्न सकिन्थ्यो । यहाँनिर भने जनकपुर बोल्ट्सका प्रशिक्षक शिवनारायन चन्द्रपउलको भनाइ उल्लेख गर्न आवश्यक छ ।

आफ्नो टिम कमजोर भएर पुछारमा परेपछि निराश यी वेस्ट इन्डिजका महान् खेलाडीको भनाइ थियो, एनपीएलमा कुनै पनि टिमले राम्रो गर्नु छ भने खेल्नुपर्ने त नेपाली खेलाडी नै हुन्छ, विदेशी होइन ।

यस्तोमा कुरा उही फेरि हुन्छ, नेपाली खेलाडीको स्तर बढाउन जे जस्तो काम आवश्यक हुन्छ, यो पूरा गर्नुपर्छ । त्यो भने माथिल्लोस्तरको लामो समयको क्रिकेट नै हुन सक्छ । नाम चलेका जति पनि विदेशी खेलाडी आए, तिनीहरूसँग ड्रेसिङ रुममा बिताएर नेपाली खेलाडीले धेरै सिकेका पनि छन् होला अथवा अबका दिनमा नेपाली खेलाडीको आत्मविश्वास नै बेग्लै स्तरमा पुगेको हुनुपर्छ । तर तिनै विदेशी खेलाडीले प्रतियोगिता बीचमै छाडेर गएर केही नमज्जाको काम पनि गरे ।

खास–खास विदेशी खेलाडीको अनुपस्थितिले उनको टिमलाई असाध्यै धेरै खराब प्रभाव परेको पनि देखियो । एउटा प्रमुख खेलाडी एकाएक फर्कंदा टिमको

सन्तुलन तलमाथि हुन्छ नै । प्रतियोगिताको अन्त्य–अन्त्यतिर यो असन्तुलन धेरै देखियो पनि । यस्तोमा आवाज पनि सुन्न थालिएको छ, पूरा सिजन खेल्छु भनेर ‘कमिटमेन्ट’ गर्ने विदेशी खेलाडी चाहिन्छ, नत्र केही खेलमै सीमित हुने खेलाडीले उल्टै टिमलाई बिगार्न पो सक्छ । यो तथ्य पनि धेरै हदसम्म सत्य देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

एनपीएल सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जिते

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ । फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बनेको हो । उपाधि ...

#एनपीएल #सिजन
Compare →
Nagarik News
18h ago
भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ

भारत फर्कँदै गर्दा यशा सागरले भनिन् : एनपीएलका याद सधैँ रहनेछ

शनिबार तेस्रो सिजनको एनपीएलका बिजेता सुदूरपश्रिम रोयल्सको जितसंगै यो वर्षको एनपीयल सकिएको छ।

#एनपीएल #सिजन
Compare →
Bizshala
1d ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल
Compare →
Arthasansar
1d ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612