Trending
Prev Story
Next Story

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

Ekantipur •
November 22, 2026 • 12:33 PM
3
3 reads 0 reactions

आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

एनपीएल सकिएसँगै दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

आइतबार सामाजिक सञ्जालमार्फत शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीव्र पारिएको जनाएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) पछि नेपाली खेलकुदको ध्यान अब १०औँ राष्ट्रिय खेलकुदतर्फ केन्द्रित भएको र त्यसको सम्पूर्ण तयारी भइरहेको उनले बताएका छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत उनले एनपीएलले जगाएको ऊर्जा, व्यावसायिकता र उत्साहलाई निरन्तरता दिँदै राष्ट्रिय खेलकुदको महाकुम्भलाई भव्य बनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगिताका मुख्य खेलहरू यही ८ मंसिरदेखि सुरु हुनेछन् भने औपचारिक उद्घाटन १६ मंसिरमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ । 'यही ८ मंसिरबाट मुख्य खेलहरू सुरु भई १६ मंसिरमा सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा औपचारिक उद्घाटन हुने यस बृहत् प्रतियोगिताको तयारी तीव्र पारिएको छ,' उनले लेखेका छन् ।

त्यस्तै, हरेक २ वर्षमा आयोजना गर्ने लक्ष्यसहित २०३८ सालमा राष्ट्रिय खेलकुद सुरु गरिए पनि हालसम्म नौवटा मात्र संस्करण हुनु दुःखद् रहेको मन्त्री पोखरेलले जनाएका छन् । विगतमा देखिएको त्यस्तो ढिलासुस्ती र अवरोध अब अन्त्य हुने उनको प्रतिबद्धता छ ।

प्रतियोगितालाई नियमित रूपमा सञ्चालन गर्दै नेपाली खेलकुदको स्तर उकास्न गम्भीर भएर लाग्ने प्रतिबद्धता जनाउँदै मन्त्री पोखरेलले लेखेका छन्, 'खेलकुदलाई एउटा बलियो संस्कृति र व्यावसायिक क्षेत्रका रूपमा स्थापित गर्दै दशौँ राष्ट्रिय खेलकुदलाई ऐतिहासिक र भव्य बनाउन सम्पूर्ण खेलाडी, खेलप्रेमी तथा सरोकारवालाहरूको साथ र सहकार्यको अपेक्षा गर्दछौँ ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, खेलस्थल तालिका सार्वजनिक

काठमाण्डु – बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा अहिले चहलपहल बढेको छ । कर...

#खेलकुद #तयारी #दशौँ
Compare →
Nagarik News
11h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#खेलकुद #तयारी #दशौँ
Compare →
Bizshala
10h ago
एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

एनपीएल विजेता सुदूरपश्चिमलाई डेढ करोड, खेलाडीले पाए आकर्षक पुरस्कार

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि जितेको सुदूरपश्चिम रोयल्सले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाएको...

#एनपीएल
Compare →
Arthasansar
21h ago
एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

एनपीएलको उपाधि सुदुरपश्चिमलाई, लुम्बिनी माथि १० विकेटकाे किर्तिमानी जित

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि सुदुरपश्चिम रोएल्सले जितेको हो । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सलाई...

#एनपीएल
Compare →

Related Stories

Sports
Build #2612