Trending
Prev Story
Next Story

काठमाडौंमा २२ वर्षपछि सम्यक महादान हुँदै, महानागरको तयारी तीव्र

Ekantipur •
November 22, 2026 • 09:32 AM
4
4 reads 0 reactions

सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ ।

काठमाडौंमा २२ वर्षपछि सम्यक महादान हुँदै, महानागरको तयारी तीव्र

सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ ।

काठमाडौँ — २२ वर्षपछि आयोजना हुन लागेको सम्यक महादानलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले परम्परागत धार्मिक स्थल र संरचनाको संरक्षणसँगै व्यवस्थापकीय तयारी अघि बढाएको छ । महानगरपालिकाले आगामी १ माघमा सम्यक महादान आयोजना गर्ने तयारी गरेको छ ।

पूर्वतयारीस्वरूप महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार भुइख्याः (टुँडिखेल) क्षेत्रको स्थलगत निरीक्षण गरेकी छन् । सम्यक महादानका लागि आवश्यक स्थानको पहिचान, परम्परागत विधिअनुसार प्रयोग हुँदै आएका क्षेत्रको संरक्षण र व्यवस्थापनको योजना बनाउन अनुगमन गरिएको डंगोलले बताइन् । उनका अनुसार भुइख्याःमा सदियौँदेखि सम्यक महादान आयोजना हुँदै आएको परम्परालाई निरन्तरता दिने उद्देश्यले महानगरले तयारी गरिरहेको छ ।

डंगोलले विगतको तुलनामा अहिले भुइख्याः क्षेत्रको स्वरूपमा परिवर्तन आइसकेको बताइन् । पहिले खुला मैदान रहेको क्षेत्रमा अहिले घर तथा सडक निर्माण भइसकेकाले परम्परागत गतिविधि सञ्चालनका लागि स्थान व्यवस्थापन चुनौतीपूर्ण बनेको उनको भनाइ छ ।

निरीक्षणका क्रममा सम्यक महादानसँग सम्बन्धित विभिन्न परम्परागत स्थानहरूको पहिचान गरिएको छ । परम्पराअनुसार खाना पकाउने, पातको काम गर्ने तथा भगवान् राख्ने छुट्टाछुट्टै स्थान रहेकाले ती क्षेत्रको अवस्थाबारे प्राविधिक टोलीसहित स्थलगत अध्ययन गरिएको डंगोलले जानकारी दिइन् । यस क्रममा विगतमा सम्यक महादान आयोजना गर्दा कुन स्थानमा के-कस्ता गतिविधि सञ्चालन गरिन्थ्यो भन्ने विषयमा ज्येष्ठ तथा अनुभवी व्यक्तिहरूसँग पनि परामर्श गरिएको उनले बताइन् ।

सम्यक महादानका क्रममा खाना पकाउनुपर्ने स्थानका विषयमा प्रहरी चौकीसँग पनि छलफल गरिएको डंगोलले बताइन् । प्रहरी चौकीमा खाना पकाउने परम्परागत व्यवस्था रहेकाले सम्बन्धित प्रहरी अधिकारीहरूसँग छलफल गरिएको र त्यसका लागि प्रहरी प्रशासनबाट सकारात्मक सहयोगको प्रतिबद्धता आएको उनको भनाइ छ । त्यस्तै, पातको काम हुने स्थानको अवस्थाबारे पनि स्थलगत निरीक्षण गरिएको छ । समयक्रमसँगै भौतिक संरचना र पूर्वाधारमा परिवर्तन आएकाले पुरानो परम्परालाई जस्ताको तस्तै सञ्चालन गर्न सम्भव हुने र नहुने पक्षको अध्ययन भइरहेको उनले बताइन् ।

डंगोलले सम्यक महादानको तयारीमा महानगरपालिकाको प्राविधिक तथा सांस्कृतिक टोलीलाई समेत परिचालन गरिएको जानकारी दिइन् । सांस्कृतिक पक्ष र भौतिक पूर्वाधारको अवस्थालाई छुट्टाछुट्टै अध्ययन गरी दुवै पक्षलाई समेट्ने गरी योजना बनाइने उनको भनाइ छ ।

स्थलगत निरीक्षणपछि परम्परागत धार्मिक अभ्यासलाई निरन्तरता दिन सकिने स्थान, आवश्यक पूर्वाधार तथा व्यवस्थापनका विषय समेटेर ठोस योजना तयार पारिने महानगरले जनाएको छ ।

सम्यक महादान बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक परम्परा हो । यसमा विभिन्न विहार तथा महाविहारका भिक्षुहरूलाई दान तथा भोजन अर्पण गरिन्छ । लामो समयपछि आयोजना हुन लागेको यस महादानले काठमाडौं उपत्यकाको बौद्ध सम्पदा, मौलिक संस्कृति र परम्पराको संरक्षण तथा पुस्तान्तरणमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल–जापान फेस्टिभलको तयारी पूरा, ४६ वर्षपछि काठमाडौंमा प्रस्तुति दिँदै जापानी सांगीतिक समूह गोडाइगो

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको आइतबार (भोलि) काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल–जापान महोत्सव ...

#काठमाडौं #तयारी #वर्षपछि
Compare →
Nagarik News
9h ago
दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

दशौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

बहुप्रतिक्षित दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।

#तयारी
Compare →

Related Stories

National (Nepal)
Build #2612