Trending
Prev Story
Next Story

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्राविधिक परीक्षण सफल

Nagarik News •
November 23, 2026 • 03:18 PM
1
1 reads 0 reactions

सोमबार साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा प्रणालीको परीक्षण गरिएको हो।

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्राविधिक परीक्षण सफल

विपद्का बेला नागरिकलाई तत्काल पूर्वसूचना पुर्‍याउने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (सीबीएस) को पहिलो चरणको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ।

गृह मन्त्रालयका अनुसार सोमबार साँझ ६ बजे नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा गृहमन्त्री सुदन गुरुङ र सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको उपस्थितिमा प्रणालीको परीक्षण गरिएको हो।

नेपाली प्राविधिक जनशक्तिले स्वदेशमै विकास गरेको यस प्रणालीमार्फत इन्टरनेटबिना नै निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। विपद्को समयमा छिटो र प्रभावकारी रूपमा पूर्वसूचना प्रवाह गरी जनधनको क्षति न्यूनीकरण गर्नु यसको मुख्य उद्देश्य रहेको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले भन्यो: मोबाएलमा आपत्कालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ

प्रारम्भिक चरणको परीक्षण सीमित प्राविधिक वातावरणमा गरिएको हो। यो परीक्षण सफल भएसँगै आगामी चरणमा पोखरामा एनसेलको सञ्जाल प्रयोग गरी प्रणालीको परीक्षण गरिने मन्त्रालयले जनाएको छ।

त्यसपछि क्रमशः देशभर व्यापक परीक्षण सञ्चालन गरी प्रणालीलाई राष्ट्रिय स्तरमा कार्यान्वयन गर्ने लक्ष्य राखिएको छ।

बहुविपद्को जोखिममा रहेको नेपालमा यस प्रणालीले विपद् पूर्वसूचना प्रवाहलाई थप प्रभावकारी बनाउँदै नागरिकको जीवनरक्षामा सहयोग पुर्‍याउने अपेक्षा गरिएको गृह मन्त्रालयले जनाएको छ।

मन्त्रालयले प्रणाली विकास र परीक्षणमा योगदान पुर्‍याउने नेपाली प्राविधिक जनशक्ति, सम्बन्धित निकाय तथा सरोकारवालालाई धन्यवादसमेत दिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ २१:०३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

विपद्को पूर्वसूचना दिने ‘सेल ब्रोडकास्टिङ’ प्रणाली परीक्षण गरिँदै, सिमकार्ड र इन्टरनेटविना पनि काम गर्ने

४ मंसिर, काठमाडौं । सिमकार्ड र इन्टरनेट जडान नगरिएका मोबाइलमा पनि विपद्‍को सन्देश प्राप्त हुने ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको आज काठमाडौंमा परीक्षण गरिँदैछ । विपद्को समयमा नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना उपलब्ध गराउने उद्देश्यले ‘सेल ब्रोडकास्टिङ प्रणाली’ …

#परीक्षण #प्रणाली #सेल
Compare →
Hamro Patro News
1d ago
स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा

स्वास्थ्य बीमा बोर्डको सूचना प्रणाली स्तरोन्नति गरी सञ्चालनमा

काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित त...

#प्रणाली #सूचना
Compare →
Bizshala
5h ago
चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल

चीनले बनायो पखेटाबिनै आकाशमा उड्ने कार, पहिलो परीक्षण उडान सफल

काठमाण्डौ । चीनले पखेटाबिनै आकाशमा उड्न सक्ने कारको सफल परीक्षण गरेको छ। व्यक्तिगत हवाई यातायातको क्षेत्रमा नयाँ...

#परीक्षण #सफल
Compare →
Ekantipur
3d ago
परीक्षण र प्रमाणीकरण सहज बनाउन स्थापना भयो ‘प्रत्यायन केन्द्र’

परीक्षण र प्रमाणीकरण सहज बनाउन स्थापना भयो ‘प्रत्यायन केन्द्र’

विदेशी खरिदकर्ताले भने नेपाली उत्पादनको नमुना विदेशमै परीक्षण गराएर मापदण्ड पुगे मात्र आयात गर्दै आएका छन्

#परीक्षण
Compare →

Related Stories

Technology
Build #2612