Trending
Prev Story
Next Story

सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले …

सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला

७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ ।

त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन सतर्कता सन्देश जारी हुन्छ । सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले संयुक्त सूचना जारी गरेर मोवाइलमा आउने आपतकालीन सन्देशबाट नआत्तिन आग्रह गरेको छ ।

‘सूचना तथा सञ्चार मन्त्रालय र गृह मन्त्रालयले नेपालमै विकसित सेल ब्रोडकाष्ट प्रविधिको परीक्षण गरिरहेका छन्,’ दुवै मन्त्रालयले जारी गरेको सन्देशमा भनिएको छ, ‘परीक्षण सन्देश प्राप्त भएमा नआत्तिनुहोस् । कुनै कदम चाल्नु पर्दैन ।’

नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले सेल ब्रोडकाष्ट सिस्टमको परीक्षण भइरहेको बताए । ‘हामीले बलम्बुस्थित नेपाल टेलिकमको अर्थ स्टेसनबाट परीक्षण गरिरहेका छौं,’ घिमिरेले भने, ‘अहिले सीमित उपभोक्ताकोमा मात्रै यस्तो सन्देश प्रवाह हुनसक्छ । तर यो परीक्षणका लागि भएकाले कसैलाई पनि नआत्तिनु भनेका छौं ।’

गत १० भदौको भोटेकोशी बाढीपछि दुई टेलिकम कम्पनीहरू नेपाल टेलिकम र एन्सेलले प्रभावित क्षेत्रमा रहेका मोबाइल प्रयोगकर्ताहरूको सेटमा बाढीको सतर्कता सम्बन्धी म्यासेज प्रवाह गरेका थिए ।

मोबाइल सेटमा आउने म्यासेज प्रभावकारी नभएको र कतिपयले समयमा म्यासेज हेर्न नपाएको भनी म्यासेज प्रणालीको प्रभावकारीतामाथि प्रश्न उठेको थियो । त्यसको विकल्पको रुपमा सरकारले सेल ब्रोडकाष्टको परीक्षण गरिरहेको हो ।

इन्टरनेशनल टेलिकम्यूनिकेस युनियन (आईटीयू)का अनुसार, सेल ब्रोडकाष्ट सिस्टमले कुनै निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल सेटहरूमा मोवाइल फोनमा आवाज सहितको सन्देश पठाउनेछ ।

भूकम्प, बाढी, पहिरो लगायत प्रतिकुल मौसमी अवस्थाका बेला सरकारले यस्ता मोवाइल सेटमार्फत अलर्टको सूचना आउँछ । त्यसक्रममा मोवाइलको स्कृनमा अलर्ट सूचना आउनुका साथै आवाज सहित भाइब्रेसन समेत हुन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2h ago
आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ काठमाण्डौका मोबाइलमा अचानक बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

काठमाण्डौ । आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ।...

#सन्देश #काठमाडौं #मोबाइल
Compare →
Nagarik News
3h ago
गृह मन्त्रालयले भन्यो: मोबाएलमा आपत्कालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ

गृह मन्त्रालयले भन्यो: मोबाएलमा आपत्कालीन सन्देश आए नआत्तिनु होला, परीक्षण हुँदैछ

सरकारले आपत्कालीन अवस्थामा नागरिकलाई तत्काल सूचना पुर्‍याउने उद्देश्यले सञ्चालन गर्न लागेको सेल ब्रोडकास्ट प्रणालीको परीक्षण गर्ने भएको छ।

#सन्देश #परीक्षण
Compare →
Arthasansar
1h ago
आज साँझ मोबाइलमा बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ मोबाइलमा बज्न सक्छ चेतावनीको साइरन, नआत्तिन गृह मन्त्रालयको आग्रह

आज साँझ काठमाण्डौका केही क्षेत्रमा मोबाइल फोनमा अचानक चेतावनीको आवाजसहित सन्देश आउन सक्ने भएको छ। सरकारले विपद्को पूर्वसूचना दिने अत्याधुनिक...

#सन्देश #मोबाइल #सक्छ
Compare →
Hamro Patro News
21h ago
नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

नेपाल छाड्दै गर्दा एन्ड्रयुको भावुक सन्देश : जीवनभरका सम्झना बोकेर जाँदै छु

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन्। उनले फेसबुकमार्फत एनपीएलको यो सिजन आफ्नो जीवनक...

#सन्देश
Compare →

Related Stories

Technology
Build #2612