Trending
Prev Story
Next Story

पोचेटिनोको बिर्सनलायक सुरुआत

Ekantipur •
November 23, 2026 • 03:33 PM
2
2 reads 0 reactions

इंग्लिस प्रिमियर लिगको आइतबार रातिको खेलमा लिभरपुलको हातबाट युनाइटेड ४–० ले नमज्जासँग पराजित रह्यो । जाभी अलोन्सोको चेल्सी पनि राम्रो लयमा छैन, न त एन्जो मारेस्काको म्यानचेस्टर सिटी नै ।

पोचेटिनोको बिर्सनलायक सुरुआत

इंग्लिस प्रिमियर लिगको आइतबार रातिको खेलमा लिभरपुलको हातबाट युनाइटेड ४–० ले नमज्जासँग पराजित रह्यो । जाभी अलोन्सोको चेल्सी पनि राम्रो लयमा छैन, न त एन्जो मारेस्काको म्यानचेस्टर सिटी नै ।

लन्डन — माउरिसियो पोचेटिनोले म्यानचेस्टर युनाइटेडका प्रशिक्षकका रूपमा आफ्नो सुरुआत यति खराब रहन्छ भनेर सोचेका पनि थिएनन् । इंग्लिस प्रिमियर लिगको आइतबार रातिको खेलमा लिभरपुलको हातबाट युनाइटेड ४–० ले नमज्जासँग पराजित रह्यो । जाभी अलोन्सोको चेल्सी पनि राम्रो लयमा छैन, न त एन्जो मारेस्काको म्यानचेस्टर सिटी नै ।

यो सप्ताहन्त प्रिमियर लिगका उल्लेखनीय परिस्थिति यी रहे ।

यी अर्जेन्टिनी प्रशिक्षकले युनाइटेडको प्रशिक्षण सम्हाल्न १० वर्ष पर्खे, तर सुरुआत भने यस्तो रह्यो, जुन उनले चिताएकै थिएन । एक वर्षभन्दा लामो समययता पहिलो पटक पोचेटिनोले म्याथिस डी लिग्टलाई सुरुदेखि खेलाउने निर्णय गरे । सेन्ट्रल डिफेन्समा उनीसँगै थिए, लेनी योरो । उनको यो निर्णय क्लबको सबैभन्दा ठूलो प्रतिद्वन्द्वीविरुद्ध नितान्त गलत साबित भयो ।

खेलले आठ मिनेट के छोएको थियो, योरोले रातो कार्ड खाएर मैदान छाडे । डी लिग्टकै भुलमा एलेक्जान्डर इसाकले झन्डै गोल गरेका थिए । त्यसको ५ मिनेटपछि नै युनाइटेड दुई गोलले पछाडि परिसकेको थियो । डोमिनिक सबोसलाइले फ्रिकिकबाट पहिलो गोल गरे । त्यसपछि फ्लोरिन विर्टजले रिओ एनगुमाहोको क्रसलाई पोस्टको दिशा दिए ।

यस्तोमा पोचेटिनाले २२ मिनेटमै ह्यारी म्यागुयरलाई मैदान छिराए । उनले डी लिग्टकै लागि उनलाई सुरुदेखि खेलाएका थिएनन् । दोस्रो हाफमा एनगुमोह र भिक्टर मुनोजले थप दुई गोल गरे । लिभरपुलले राम्रो केही मौका नगुमाएको भए, तीन वर्षअघि एनफिल्डमा युनाइटेडले बेहोरेको ७–० को हार दोहोरिन सक्ने अवस्था थियो । हारले युनाइटेड रेलिगेसन क्षेत्रमै रह्यो ।

यो भनेको पुछारबाट दोस्रो स्थानमा । यो हारले खासमा त्यो डरलाग्दो स्थिति संकेत गरेको छ, जसका लागि पोचेटिनो तयार रहनुपर्छ । इंग्लिस फुटबलको सफलतम क्लब अहिले पतनको बाटोमा छ । त्यसलाई रोक्न पोचेटिनोलाई सजिलो हुने छैन ।

लिड्स युनाइटेडको हातबाट ४–१ को हार बेहोरयता चेल्सीका मिडफिल्डर रोमेओ लाभिआले आफ्नो खेलाडीलाई एउटै सन्देश दिन चाहे, टिमको एकता कायम राख्ने । लिड्सका यो जित आफैंमा अद्धितीय रह्यो, किनभने उसले स्टामफोर्ड ब्रिजमा जितका लागि २७ वर्ष कुर्नुपरेको थियो । प्रशिक्षकमा अलोन्सो आएयता लिगमा यो चेल्सीको चौथो हार हो ।

यस्तोमा चेल्सी अहिले अंक तालिकाको मध्यभागमा संघर्षरत छ र अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुने चुनौती गाह्रो हुन थालेको छ । लाभिआले भनेका छन्, ‘अहिले सबै खेलाडी रिसाइरहेका छन् अनि सबै दुखित छन् । घरमै यस्तो नतिजा स्वीकार्न गाह्रो छ । हामीले लिड्सलाई आफूमाथि हाबी हुने मौका दियौं । यस्तो स्थिति दोहोर्‍याउन दिनुहुन्न ।’

उनी थप्छन्, ‘यस्तो नतिजाले टिममाथि ठूलो दबाब सिर्जना गर्न सक्छ तर हामी आत्तिने छैनौं ।’ अब चेल्सी शुक्रबार नटिङ्घम फरेस्टको भ्रमणमा निस्कँदै छ । फरेस्ट आफै राम्रो प्रदर्शनलाई संघर्षरत छ । चेल्सीको विश्वास छ, लिड्सविरुद्धको हारबाट सिक्ने हो भने फरेस्टविरुद्ध आफू अनुकूल नतिजा निकाल्न सकिन्छ ।

सिटी भने फुलहमको हातबाट १–१ को बराबरीमा रोकिएपछि प्रशिक्षक मारेस्काले आफ्नै खेलाडीलाई चुनौती दिएका छन्, टिमको खराब लयबाट मुक्त हुने । इतिहाद स्टेडियममा लगातार चौथो हारबाट जोगिन सिटीलाई एलिट एन्डरसनको बराबरी गोल आवश्यक परेको थियो । फुलहमले रोड्रिगो मुनिजको गोलमा अग्रता लिएको थियो ।

खेल केही हदसम्म विवादास्पद रह्यो । किनभने इर्लिङ हालान्डको एक गोलले मान्यता पाएन । मारेस्काको चिन्ता टिमको रक्षापंक्तिमा हो । सिटी अहिले तेस्रो स्थानमा छ । टोलीले ११ खेलमा १४ गोल खाइसकेको छ । उनी भन्छन्, ‘हामीले धेरै गोल खान थालेका छौं । यसलाई रोक्नुपर्छ । एक गोलको जित पनि कहिलेकाहीं धेरै राम्रो हुन्छ, यही क्लिन–सिट राख्न सकियो भने ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Arthasansar
10h ago
म्यानचेस्टर युनाइटेडकाे हार्ने क्रम जारी, पोचेटिनोको डेब्यु खेलमै लज्जास्पद हार

म्यानचेस्टर युनाइटेडकाे हार्ने क्रम जारी, पोचेटिनोको डेब्यु खेलमै लज्जास्पद हार

मौरिसियो पोचेटिनोको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले पहिलो खेलमै फराकिलो हार बेहोरेको छ। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार एनफिल्डमा भएको खेलमा युनाइटेड घरेलु...

#प्रिमियर-लिग #युनाइटेड #म्यानचेस्टर
Compare →
Hamro Patro News
14h ago
रोकिएन म्यानचेस्टर युनाइटेडको हारको सिलसिला, लिभरपुलसँग ४–० ले पराजित

रोकिएन म्यानचेस्टर युनाइटेडको हारको सिलसिला, लिभरपुलसँग ४–० ले पराजित

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा लिभरपुलले १० खेलाडीमा सीमित युनाइटेडलाई ४–० गोलले हराएको हो । लिभरपुलको ...

#प्रिमियर-लिग #युनाइटेड #म्यानचेस्टर
Compare →

Related Stories

Sports
Build #2612