काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको खराब रक्षात्मक प्रदर्शनले यस सिजन नयाँ नकारात्मक कीर्तिमान बनाएको छ। युरोपका शीर्ष पाँच लिगका क्लबहरूमध्ये सबै प्रतियोगिता जोड्दा युनाइटेडले सबैभन्दा बढी गोल बेहोरेको छ।
नोभेम्बर २२ मा लिभरपुलसँग ४–० गोलको लज्जास्पद हार बेहोरेपछि युनाइटेडको विपक्षी टोलीले गरेको गोल संख्या ३४ पुगेको छ। यो संख्या युरोपका शीर्ष पाँच लिगका अन्य कुनै पनि क्लबको भन्दा बढी हो।
Read full story at source ( barnanmedia.com )