काठमाडौँ । युनाइटेड इदी मर्दी एन्ड आर.बी. हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त प्रस्ताव पारित गर्न आगामी पुस २५ गते शुक्रबार १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने दुई करोड ४१ लाख ९३ हजार २६० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, कर प्रयोजनका लागि ०.२६३२ प्रतिशतका दरले १२ लाख ७३ हजार ५३३ रुपैयाँ २१ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर १६ गते सेयर दाखिला किताब बन्द गर्ने जनाएको छ ।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।