Trending
Prev Story
Next Story

नेपाल-भारत सहमति कार्यान्वयनका लागि उच्चस्तरीय अनुगमन समूह सक्रिय पारिने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि नेपाल र भारतले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने भएका छन्। भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत …

नेपाल-भारत सहमति कार्यान्वयनका लागि उच्चस्तरीय अनुगमन समूह सक्रिय पारिने

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका महत्त्वपूर्ण सहमति, समझदारी तथा परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि नेपाल र भारतले उच्चस्तरीय अनुगमन संयन्त्रलाई सक्रिय बनाउने भएका छन्।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टको ‘कार्यान्वयनका कार्यविधिहरू’ खण्डमा सहमति कार्यान्वयनको स्पष्ट खाका तय गरिएको हो।

जसअनुसार नेपालका परराष्ट्र सचिव र नेपालका लागि भारतका राजदूतको नेतृत्वमा रहेको उच्चस्तरीय अनुगमन समूहलाई सक्रिय बनाउने निर्णय दुवै देशका प्रधानमन्त्रीले गरेका छन्।

सहमतिको बुँदा नम्बर ६ अनुसार यो अनुगमन समूहको बैठक कम्तीमा छ महिनामा एकपटक बस्नेछ। समूहले संयुक्त भिजन डकुमेन्टमा परिकल्पना गरिएका परियोजना, विचार र पहलहरूको शीघ्र कार्यान्वयन सुनिश्चित गर्नुका साथै तिनका लागि आवश्यक पर्ने सरकारी स्वीकृति तथा अनुमतिहरूमा सहजीकरण गर्ने जिम्मेवारी पाएको छ।

यसैगरी, बुँदा नम्बर ७ मा उच्चस्तरीय अनुगमन समूहले आफ्नो कार्यप्रगति प्रतिवेदन दुवै देशका परराष्ट्र मन्त्रीहरूको सह–अध्यक्षतामा रहने ‘भारत–नेपाल संयुक्त आयोग’ समक्ष पेस गर्ने उल्लेख छ।

भारत–नेपाल संयुक्त आयोगको आगामी बैठक सन् २०२७ मा आयोजना गर्ने निर्णयसमेत दुई प्रधानमन्त्रीले गरेका छन्। साझा दृष्टिकोणलाई ठोस उपलब्धिमा बदल्न दुवै देशका अधिकारीहरूलाई निर्देशनसमेत दिइएको छ।

भ्रमणका क्रममा २४ हजार करोड नेपाली रुपैयाँको विकास सहकार्य प्याकेज, काण्डला र पारादीप बन्दरगाहसम्मको पहुँच, पञ्चेश्वर र तल्लो अरुण जलविद्युत् आयोजना, एकीकृत जाँच चौकी (आईसीपी), रेल सञ्जाल विस्तार, नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना तथा विभिन्न ८ वटा समझदारीपत्र लगायतका विषयमा सहमति भएका छन्।

विगतमा सम्झौता हुने तर कार्यान्वयन सुस्त हुने प्रवृत्ति दोहोरिन नदिन यसपटक समयसीमासहितको अनुगमन कार्यविधि तय गरिएको हो।

नेपाल–भारत सम्बन्धका जानकार तथा नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी) का भारतीय पक्षका पूर्वसदस्य महेन्द्र पी. लामाले पनि विगतका सम्झौताहरू कार्यान्वयन नहुनु नै दुई देशबीच अविश्वास बढ्नुको मुख्य कारण रहेको औँल्याउँदै प्रभावकारी अनुगमन संयन्त्र अपरिहार्य रहेको बताउँछन् ।

अनलाइनखबरसँगको कुराकानीमा लामाले सम्झौतामा हस्ताक्षर भएपछि त्यसको कार्यान्वयन कसले निगरानी गर्ने भन्ने स्पष्ट हुनुपर्नेमा जोड दिए। ‘मलाई लाग्छ, नेपाल–भारत सम्बन्धमा विश्वास कमजोर हुनुको एउटा मुख्य कारण दुई देशबीच भएका सम्झौता कार्यान्वयन नहुनु हो। धेरै सम्झौतामा हस्ताक्षर भएका छन्। कतिपय बीचमै रोकिएका छन्, कतिपय कार्यान्वयन नै भएका छैनन्, कतिपय सुरु भएजस्तो मात्र गरिएको छ,’ लामाले भने।

उनले सरकारी प्रक्रियागत ढिलासुस्ती चिर्न उच्च राजनीतिक तथा प्रशासनिक तहबाटै नियमित निगरानी हुनुपर्ने बताए। लामाले भने, ‘सम्झौतामा हस्ताक्षर गरेपछि त्यसको कार्यान्वयन कसले निगरानी गर्ने ? नेपाल र भारतले विद्युत् वा सीमापार जलवायु सहकार्यका विषयमा सम्झौता गरेपछि त्यसलाई कसरी कार्यान्वयन गर्ने र कसले अनुगमन गर्ने भन्ने स्पष्ट हुनुपर्छ।‘

उनी थप्छन्, ‘प्रधानमन्त्रीको तहमा वा परराष्ट्रमन्त्री तथा उच्च सरकारी अधिकारीको तहमा नियमित र प्रभावकारी अनुगमन हुनुपर्छ। उच्चस्तरीय निगरानी नभएसम्म सम्झौता कार्यान्वयनमा यस्तै लुछाचुँडी दोहोरिरहन्छ।‘

विगतका ठूला परियोजनाहरू वर्षौँसम्म अड्किएको उदाहरण दिँदै लामाले संस्थागत अनुगमनको आवश्यकता औँल्याए।

‘महाकाली, पञ्चेश्वर र रेल्वेसम्बन्धी सम्झौता भएका छन्। ती अघि बढ्न सकेका छैनन्। किन अघि बढेनन् भनेर कसैले निगरानी गर्नुपर्छ। संयुक्त आयोगहरू छन्, तर तिनको काम गर्ने आफ्नै सरकारी प्रक्रिया छ। बैठक हुन्छ, छलफल हुन्छ, विवाद हुन्छ, त्यसपछि एक–दुई वर्ष बित्छ,’ लामाले भने, ‘त्यसैले सरकारले एकदमै सावधान भएर संस्थागत र उच्चस्तरीय ढंगबाट सम्झौता कार्यान्वयनको निगरानी गर्नुपर्छ।‘

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
2h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #भारत #उच्चस्तरीय
Compare →
Nagarik News
30m ago
भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन्।

#बालेन-शाह #भारत
Compare →
Arthasansar
36m ago
पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
4h ago
प्रधानमन्त्री बालेन र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

प्रधानमन्त्री बालेन र मोदीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न

नयाँ दिल्ली । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता सम्पन्न भएको छ। वार्तामा नेपालका तर्फबाट अ...

#बालेन-शाह #उच्चस्तरीय
Compare →
Ekantipur
5h ago
कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

#बालेन-शाह #भारत
Compare →

Related Stories

National (Nepal)
Build #2612