Trending
Prev Story
Next Story

नेपालमा आईआईटीको अफसोर क्याम्पस र व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिने

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

७ मंसिर, काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर (बाह्य) क्याम्पसका साथै स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी …

नेपालमा आईआईटीको अफसोर क्याम्पस र व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिने

७ मंसिर, काठमाडौं । भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर (बाह्य) क्याम्पसका साथै स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भएको छ।

नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सम्पन्न द्विपक्षीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले उक्त घोषणा गरेका हुन्।

भ्रमणका क्रममा जारी गरिएको ‘विकसित भारत र समुन्नत नेपाल : साझेदारीको पुनर्कल्पना’ विषयक संयुक्त भिजन डकुमेन्टमा शिक्षा तथा सीप विकास शीर्षकमा आईआईटीबाट सुरु गर्दै नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूका शाखा तथा क्याम्पस खोल्ने सम्भावनाको खोजी गरिने उल्लेख छ।

यसले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना भएसँगै उच्च शिक्षा, विज्ञान, प्रविधि, प्राविधिक तालिम र अनुसन्धानको क्षेत्रमा सहकार्य अझ गहिरो हुनेछ भने भारतीय उच्च शिक्षासँग जोडिएका संस्थागत तथा जनस्तरका सम्बन्धहरू थप सुदृढ बन्ने दुई देशका अधिकारीहरूको अपेक्षा छ ।

संयुक्त प्रेस वक्तव्यका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालका विद्यार्थीहरूका लागि भारतमा कानुन र प्रविधि विषयमा छात्रवृत्तिका अवसरहरू विस्तार गरिने बताए। संयुक्त दृष्टिकोण दस्ताबेजमा पनि हाल सफलतापूर्वक सञ्चालित छात्रवृत्ति योजनाहरूलाई आधार बनाउँदै नेपाली विद्यार्थीहरूका लागि कानुन, प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता नयाँ विधाहरूमा छात्रवृत्ति तथा तालिमका अवसरहरू थपिने उल्लेख छ।

सहमतिपत्र अनुसार सीप विकास र क्षमता अभिवृद्धिको महत्त्वलाई स्वीकार गर्दै दुवै देशले तालिम, मानव संसाधन विकास र शैक्षिक आदानप्रदानमा सहकार्य सुदृढ गर्नेछन्। यसअन्तर्गत उत्पादन, सेवा र उद्यमशीलतासँग सम्बन्धित क्षेत्रहरूमा नेपालका युवाहरूलाई सीप र तालिम प्रदान गर्न भारतीय सहायतामा एक व्यावसायिक तालिम प्रतिष्ठान स्थापना गरिनेछ।

साथै, शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यका अतिरिक्त प्राध्यापक तथा विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने सहमति भएको छ।

नयाँ घोषणा गरिएको स्टार्टअप इन्क्युबेटर र इनोभेसन हबले नेपालमा उद्यमशीलता र प्रविधिमा आधारित पहलहरूलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

भारतीय सञ्चार माध्यमहरूका अनासर, यसअघि सन् २०२५ मा भारत र नेपालले आईआईटी मद्रास र त्यसको इन्क्युबेसन केन्द्र ‘प्रवर्तक’ सँगको सहकार्यमा ‘भारत–नेपाल स्टार्टअप साझेदारी सञ्जाल’ (इन–स्प्यान) सुरु गरेका थिए।

उक्त कार्यक्रमको पहिलो समूहमा करिब २५० आवेदनमध्येबाट छानिएका २४ नेपाली स्टार्टअपले आठ हप्ताको तालिम, मेन्टरसिप र इन्टर्नसिपको अवसर पाएका थिए भने तीमध्ये केहीले भारतीय संस्थाहरूबाट इन्क्युबेसन र लगानीको प्रस्तावसमेत प्राप्त गरेका थिए।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1h ago
प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

प्रधानमन्त्री शाहद्वारा भारतीय राष्ट्रपति मुर्मूसँग शिष्टाचार भेट

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाहले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गरेका छन्।

#बालेन-शाह #भारतीय
Compare →
Arthasansar
2h ago
महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल...

#बालेन-शाह #भारतीय
Compare →
Hamro Patro News
4h ago
बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री पद सम्हालेपछिको शाहको यो पहिल...

#बालेन-शाह #भारतीय
Compare →
Bizshala
16h ago
बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

बालेनको दिल्ली भ्रमणमा किन शीर्षक बन्यो २ अर्ब डलरको प्रस्ताव ?

काठमाण्डौ । प्रधानमन्त्री बालेन शाहको पहिलो राजकीय भारत भ्रमणलाई प्रमुख भारतीय सञ्चारमाध्यमले आइतबार निरन्तर पछ्याए।...

#बालेन-शाह #भारतीय
Compare →
Ekantipur
11h ago
बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सझौता

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सझौता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

#भारतीय #स्थापना
Compare →

Related Stories

National (Nepal)
Build #2612