Trending
Prev Story
Next Story

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

Arthasansar •
November 23, 2026 • 09:07 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल...

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् । यो पुल दार्चुला जिल्लाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी निर्माण गरिएको छ ।

स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ । यो पुल निर्माणका सबै लागत भारत सरकारले बेहोरेको छ । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुल शिलान्यास गरेका थिए । यो पुल भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाख भारुमा बनाएको हो ।

यस मोटरेबल पुलले दुवै देशलाई जोड्ने छ । त्यससँगै दुवै मुलुकले पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको छ । दार्चुला र यस आसपास पहाडी भेगलाई भारतसँग सिधा जोड्न यो संरचना महत्त्वपूर्ण हुनेछ । यो संरचनाले नेपाल र भारतको पर्यटन, अर्थतन्त्र तथा नागरिक स्तरको सम्बन्ध अझ बलियो बनाउने विश्वास दुवै मुलुकले लिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
1h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#बालेन-शाह #उद्घाटन
Compare →
Bizshala
49m ago
बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

#बालेन-शाह #बन्ने #उद्घाटन
Compare →
Hamro Patro News
2h ago
बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री पद सम्हालेपछिको शाहको यो पहिल...

#बालेन-शाह #भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2612