Trending
Prev Story
Next Story

महाकाली पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
7
7 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् । यो पुल दार्चुला महाकाली नगरपालिका-८ असिगडा र …

महाकाली पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल संयुक्तरूपमा उद्घाटन गरेका छन् ।

यो पुल दार्चुला महाकाली नगरपालिका-८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको छारछुम जोड्ने गरी बनाइएको छ । स्थानीय स्तरमा यो पुललाई सजाएर राखिएको छ ।

यो पुल निर्माणका सबै लागत भारत सरकारले बेहोरेको छ । तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले ३ असोज २०८० मा पुल शिलान्यास गरेका थिए । यो पुल भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पन्जाबले ३२ करोड ९८ लाख भारुमा बनाएको हो ।

यस मोटरेबल पुलले दुवै देशलाई जोड्ने छ । त्यससँगै दुवै मुलुकले पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालनको तयारी गरिएको छ ।

दार्चुला र यस आसपास पहाडी भेगलाई भारतसँग सिधा जोड्न यो संरचना महत्त्वपूर्ण हुनेछ । यो संरचनाले नेपाल र भारतको पर्यटन, अर्थतन्त्र तथा नागरिक स्तरको सम्बन्ध अझ बलियो बनाउने विश्वास दुवै मुलुकले लिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Arthasansar
1h ago
महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

महाकाली नदिमा बन्ने पुल उद्घाटन, जोडिए असिगडा र छारछुम

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले महाकाली नदीमाथि बनेको १ सय १० मिटर लम्बाइको मोटरेबल पुल...

#बालेन-शाह #पुल #महाकाली
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#बालेन-शाह #उद्घाटन
Compare →
Bizshala
1h ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#बालेन-शाह #उद्घाटन
Compare →

Related Stories

National (Nepal)
Build #2612