Trending
Prev Story
Next Story

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

Bizshala •
November 23, 2026 • 09:06 AM
7
7 reads 0 reactions

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीचका दुई ठूला पेट्रोलियम परियोजनाले औपचारिकता पाउने भएका हुन्।

प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले सोमबार संयुक्त रूपमा मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण उद्घाटन गर्ने कार्यक्रम छ। उद्घाटनपछि भारतले उक्त परियोजना नेपाललाई औपचारिक रूपमा हस्तान्तरण गर्नेछ।

यससँगै दुवै प्रधानमन्त्रीले भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म निर्माण हुने नयाँ पेट्रोलियम पाइपलाइन परियोजनाको समेत संयुक्त शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको भौतिक निर्माण करिब दुई वर्षअघि नै सम्पन्न भइसकेको थियो। उक्त पूर्वाधारमार्फत २०८१ फागुनदेखि पेट्रोल र मट्टितेल आयात भइरहेको छ।

दोस्रो चरणअन्तर्गत अमलेखगञ्ज डिपोमा ४ हजार १०० किलोलिटर क्षमताका चारवटा पेट्रोल भण्डारण ट्याङ्की, ट्रान्समिक्स ट्याङ्क, ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क र पूर्ण स्वचालित लोडिङ प्रणाली निर्माण गरिएको छ।

परियोजनामा भारतीय आयल कर्पोरेसन (आईओसी)को ६० करोड भारु र नेपाल आयल निगमको १ अर्ब ५५ करोड भारु लगानी भएको छ।

कुल ६९.७ किलोमिटर लामो मोतीहारी–अमलेखगञ्ज पाइपलाइनबाट नेपालको कुल इन्धन मागको करिब ७५ प्रतिशत हिस्सा आपूर्ति हुँदै आएको बताइएको छ।

सिलिगुडी–चारआली पाइपलाइनमा १७ अर्ब लगानी

नेपाल–भारत पेट्रोलियम पूर्वाधार सहकार्यअन्तर्गत अब पूर्वी नेपालमा नयाँ पाइपलाइन निर्माण हुने भएको छ।

भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म विस्तार गरिने पाइपलाइनको कुल लम्बाइ ४९.६ किलोमिटर हुनेछ। त्यसमध्ये १४.६ किलोमिटर हिस्सा नेपाली भूभागमा पर्नेछ।

परियोजनाको मुख्य संरचना झापाको मेचीनगर नगरपालिकास्थित चारआलीमा निर्माण गरिनेछ।

चारआलीमा अत्याधुनिक ग्रिन फिल्ड टर्मिनल, इन्धन भण्डारण ट्याङ्की, ट्रक लोडिङ सुविधा, पम्पिङ प्रणाली, स्वचालित नियन्त्रण प्रणाली तथा आधुनिक अग्नि सुरक्षा संरचना निर्माण गर्ने योजना छ।

परियोजनाअन्तर्गत चारआलीमा करिब १९ हजार ५०० किलोलिटर क्षमताको इन्धन भण्डारण पूर्वाधार बनाउने योजना रहेको छ। ग्रिन फिल्ड टर्मिनलको भण्डारण क्षमता भने १८ हजार ९०० किलोलिटर रहने उल्लेख छ।

यो परियोजना निर्माणमा करिब १७ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। भारतसँग भएको समझदारीअनुसार आईओसीको प्राविधिक तथा वित्तीय सहयोगमा परियोजना अघि बढ्नेछ।

निर्माण सुरु भएपछि करिब तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

इन्धन आपूर्ति प्रणाली थप प्रभावकारी हुने अपेक्षा

सिलिगुडी–चारआली पाइपलाइन निर्माण सम्पन्न भएपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति र भण्डारण प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

पाइपलाइनमार्फत इन्धन ढुवानी गर्दा ट्याङ्करमाथिको निर्भरता घटाउन, ढुवानी लागत कम गर्न र आपूर्ति प्रणालीलाई सुरक्षित तथा प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

त्यस्तै, चारआलीमा निर्माण हुने आधुनिक भण्डारण टर्मिनलले पूर्वी नेपालको इन्धन आपूर्ति व्यवस्थापनलाई थप सुदृढ बनाउन सक्नेछ।

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा पेट्रोलियम पूर्वाधारसम्बन्धी यी दुई परियोजनाले औपचारिकता पाउनु द्विपक्षीय ऊर्जा तथा पूर्वाधार सहकार्यका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (...

#बालेन-शाह #संयुक्त #बालेन
Compare →
Ekantipur
1h ago
सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।

#परियोजना #पेट्रोलियम #शिलान्यास
Compare →
Arthasansar
1h ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#बालेन-शाह #बालेन #मोदी
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#बालेन-शाह #मोदी #संयुक्त
Compare →

Related Stories

Politics & Governance
Build #2612