Trending
Prev Story
Next Story

सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

Ekantipur •
November 23, 2026 • 09:33 AM
5
5 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।

सिलिगुडी-झापा ५० किमि लामो पेट्रोलियम पाइपलाइन परियोजनाको शिलान्यास

प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा भण्डारणगृह निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह र भारतका समकक्षी नरेन्द्र मोदीले सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन तथा झापामा ग्रीनफिल्ड क्षेत्रीय टर्मिनल (भण्डारणगृह) निर्माण परियोजनाको शिलान्यास गरेका छन् ।

नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय समझदारीअनुसार अघि बढाइएको उक्त परियोजनाको सोमबार नयाँदिल्लीका शिलान्यास गरिएको हो ।

परियोजनाअन्तर्गत भारतको सिलिगुडीदेखि झापाको चारआलीसम्म करिब ५० किलोमिटर लामो र ८ इन्च व्यासको पाइपलाइन निर्माण गरिनेछ । जसमध्ये भारततर्फ ३६ किलोमिटर र नेपालतर्फ १४ किलोमिटर रहने नेपाल आयल निगमले जनाएको छ ।  निर्माणस्थलमा कुल १८ हजार ९०० किलोलिटर क्षमताको स्वचालित प्रणालीमा आधारित पेट्रोलियम भण्डारणगृह बनाइनेछ ।

उक्त भण्डारणगृहमा पेट्रोल भण्डारणका लागि २२०० किलो लिटर क्षमताका ३ वटा भर्टिकल ट्यांक र डिजलका लागि ४१०० किलोलिटर क्षमताका ३ वटा भर्टिकल ट्यांक निर्माण हुनेछन् । आयोजनास्थलमा नेपाल आयल निगमको आफ्नै स्वामित्वमा २३ बिघा ३ कठ्ठा १३ धुर जग्गा  छ ।

कुल अनुमानित लागत करिब ११ अर्ब १४ करोड नेपाली रुपैयाँ रहेको छ । जसमा पाइपलाइनतर्फ करिब ४ अर्ब २७ करोड रुपैयाँ र ग्रीनफिल्ड टर्मिनलतर्फ करिब ६ अर्ब ८७ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सम्पूर्ण परियोजना भारत सरकारको पूर्ण अनुदान सहयोगमा निर्माण हुने निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए ।

परियोजना सम्पन्न भएपछि कोशी प्रदेशसहित मधेशका सप्तरी र सिरहा जिल्लामा पेट्रोलियम पदार्थको आपूर्ति सहज, सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको साहले बताए । सडकमार्गको ढुवानी निर्भरता घट्ने, भन्सारमा सवारी साधनको जाम कम हुने, ढुवानी खर्च बचत हुने, प्रदूषण र मार्गमा हुने अवाञ्छित गतिविधि नियन्त्रण हुने तथा आपत्कालीन अवस्थामा देशभर आपूर्ति व्यवस्थापनमा टेवा पुग्ने उनको भनाइ छ ।

भारतीय आयल निगमबाट पाइपलाइनको विस्तृत इन्जिनियरिङ रुट सर्वेक्षण तथा टर्मिनलको डिजाइन र नक्सांन कार्य सम्पन्न भइसकेको निगमले जनाएको  छ । 'दुवै देशका सम्बन्धित निकायबीच प्राविधिक कार्यविधि र कार्यतालिका निर्धारण भई आवश्यक उपकरण तथा सामग्री खरिद प्रक्रिया अघि बढेको छ भने नेपालतर्फ वातावरणीय प्रभाव मूल्यांकन, जग्गा विकास तथा निर्माणसम्बन्धी प्रक्रिया जारी छन्,' निगमका कार्यकारी निर्देशक साहले भने ।

करिब ५४ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिए पनि इन्डियन आयल कर्पोरेसन लिमिटेडले करिब ३६ महिनाभित्रै सम्पन्न गर्ने योजना बनाएको निगमले जनाएको छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

सिलिगुडी-झापा पाइपलाइन र चारआली टर्मिनल संयुक्त शिलान्यास, ११ अर्ब १४ करोड लागत अनुमान

७ मंसिर, काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार भारत नयाँ दिल्लीबाट भर्चुअल माध्यम मार्फत ‘सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन अन्तर्गत ग्रिनफिल्ड टर्मिनल परियोजना’ को संयुक्त शिलान्यास गरेका छन् । सोही अवसरमा …

#झापा #सिलिगुडी #परियोजना
Compare →
Bizshala
1h ago
बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

बालेन–मोदीले संयुक्त रूपमा दुई पेट्रोलियम परियोजना उद्घाटन र शिलान्यास गर्दै, १७ अर्बको नयाँ पाइपलाइन बन्ने

काठमाण्डौ । नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति तथा भण्डारण पूर्वाधार विस्तारमा महत्वपूर्ण प्रगति हुने...

#परियोजना #पेट्रोलियम #पाइपलाइन
Compare →
Nagarik News
2h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#शिलान्यास
Compare →
Hamro Patro News
22h ago
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुहुने भएको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी)...

#शिलान्यास
Compare →

Related Stories

World News
Build #2612