Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणमा चार परियोजना : तीन शिलान्यास, एक हस्तान्तरण

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
7
7 reads 0 reactions

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल चार परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ । समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । …

प्रधानमन्त्रीको भारत भ्रमणमा चार परियोजना : तीन शिलान्यास, एक हस्तान्तरण

७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल चार परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ ।

समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे ।

यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ ।

आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता भएको थियो ।

आजै बनवासा सुक्खा बन्दरगाह समेत शिलान्यास गरिएको छ । उता, झापामा पेट्रोलियम टर्मिनलको समेत आजै शिलान्यास गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण समेत दुई प्रधानमन्त्रीले गरेका छन् । दुई प्रधानमन्त्रीले धार्चुला–दार्चुला पक्की पुलको समेत आजै उद्घाटन गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#बालेन-शाह #शिलान्यास #आयोजना
Compare →
Hamro Patro News
8h ago
प्रधानमन्त्रीको भारत भ्रमण : भारतमा राजकीय सम्मान, नेपालमा राष्ट्रप्रमुखकै अपमान

प्रधानमन्त्रीको भारत भ्रमण : भारतमा राजकीय सम्मान, नेपालमा राष्ट्रप्रमुखकै अपमान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । दिल्ली पुगेका शाहको भेटघाट र कू...

#बालेन-शाह #भारत #प्रधानमन्त्रीको
Compare →
Bizshala
1h ago
बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

बालेन–मोदीले गरे ९३ अर्बको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास, नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउने

काठमाण्डौ । नेपाल र भारतबीच ऊर्जा सहकार्यको अर्को महत्वपूर्ण परियोजना औपचारिक निर्माण चरणमा प्रवेश गरेको छ।...

#बालेन-शाह #शिलान्यास #आयोजना
Compare →
Ekantipur
2h ago
नेपाल-भारतका प्रधानमन्त्रीबाट तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

नेपाल-भारतका प्रधानमन्त्रीबाट तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास गरेसँगै अब ६६९ मेगावाटको तल्लो अरुण निर्माणको चरणमा अघि बढेको छ ।

#शिलान्यास #भारत
Compare →
Arthasansar
1h ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#बालेन-शाह #आयोजना #भारत
Compare →

Related Stories

World News
Build #2612