Trending
Prev Story
Next Story

नेपाल-भारतका प्रधानमन्त्रीबाट तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

Ekantipur •
November 23, 2026 • 08:03 AM
3
3 reads 0 reactions

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास गरेसँगै अब ६६९ मेगावाटको तल्लो अरुण निर्माणको चरणमा अघि बढेको छ ।

नेपाल-भारतका प्रधानमन्त्रीबाट तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास

भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास गरेसँगै अब ६६९ मेगावाटको तल्लो अरुण निर्माणको चरणमा अघि बढेको छ ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीले ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको साेमबार शिलान्यास गरेका छन् । प्रधानमन्त्रीद्वयले स‌ंयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

लगानी बोर्ड कार्यालयकी प्रमुख कार्यकारी अधिकृत (सीईओ‌) याङकी उक्याबले नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट भर्चुअल शिलान्यास भएको बताइन् । 'भौतिक रुपमा भने नेपालबाटै हुनेछ,' उनले भनिन्, 'अब तल्लो अरुण पनि निर्माणको चरणमा अघि बढेको छ ।'

आयोजनालाई  सरकारले ०७५ को लगानी सम्मेलनमा सोकेस परियोजनाका रूपमा राखेको थियो । आयोजना निर्माणका लागि तीनवटा कम्पनीले इच्छा देखाएका थिए । तिनमा सतलज जलविद्युत् निगम (एसजेभीएन), हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्टसँग-पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) जेभी र ग्रिन रिसोर्स-जापानको इलेक्ट्रिक पावर डेभलपमेन्ट कम्पनी थिए ।

प्रस्ताव मागिएकामध्ये एसजेभीएन र पावर चाइनाले मात्रै प्रस्ताव पेस गरेका थिए । दुवै कम्पनीले पेस गरेको प्रस्तावमा नेपाललाई २० प्रतिशतभन्दा बढी विद्युत् ऊर्जा निःशुल्क दिने गरी प्रस्ताव पठाएका थिए । त्यसपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १६ माघ २०७७ मा बसेको बोर्डको ४६ औं बैठकले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण एसजेभीएनलाई नै दिने निर्णय गरेको थियो । यसका लागि २७ असार २०७८ मा समझदारी भएको थियो । १८ जेठ  २०८० मा तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण क्रममा आयोजनाको परियोजना विकास सम्झौता (पीडीए) भएको थियो ।

तल्लो अरुण आयोजनाबाट के-के हुनेछ लाभ ?

आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ । तल्लो अरुणबाट नेपालले २१ प्रतिशत बिजुली निःशुल्क पाउनेछ । विद्युत् उत्पादन सुरु भएको १५ वर्षसम्म क्यापासिटी रोयल्टी प्रतिकिलोवाट ४ सय रुपैयाँ र इनर्जी रोयल्टी ७.५ प्रतिशत तथा १५ वर्षपछि प्रतिकिलोवाट क्यापासिटी रोयल्टी १८ सय रुपैयाँ र इनर्जी रोयल्टी १२ प्रतिशत सरकारलाई दिनुपर्नेछ ।

कम्पनीले प्याकेज–१ (मुख्य सुरुङ, स्पिल सुरुङ, अडिट तथा पहुँच सडक) को ठेक्का १८ अर्ब ३८ करोड ७३ लाख रुपैयाँ (भारु  ११ अर्ब ४९ करोड २१ लाख) मा दिनेशचन्द्र आर. अग्रवाल इन्फ्राकनलाई दिएको छ । भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार  प्याकेज–२ को  २५ अर्ब ४८ करोड रुपैयाँ (भारु १५ अर्ब ९३ करोड) बराबरको ठेक्का पटेल इन्जिनियरिङले पाइसकेको जनाएको थियो । तर प्रवर्द्धक कम्पनीको वेबसाइटमा प्याकेज–२ को ठेक्का पनि दिनेशचन्द्र आर अग्रवाल इन्फ्राकनलाई पाएको उल्लेख छ ।

तल्लो अरुण जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) भने भइसकेको छैन ।

लगानी बोर्डका प्रवक्ता तथा सहसचिव भूपेन्द्र थापाले गत कात्तिकमा वित्तीय व्यवस्थापनसँगै निर्माणका लागि ठेक्का प्रक्रिया एकैसाथ बढाइएको बताएका थिए । ‘कम्पनीले आफ्नो स्वपुँजीबाट तल्लो अरुणका लागि आवश्यक जग्गा अधिग्रहण गरिसकेको छ । यता वित्तीय व्यवस्थापन र उता निर्माणका लागि ठेक्का आह्वानलाई एकैसाथ अघि बढाइएको छ,’ उनले कान्तिपुरलाई बताएका थिए ।

एसजेभीएनका एक प्रतिनिधिले पीडीए भइसकेकाले वित्तीय व्यवस्थापनका लागि काम भइरहेको जानकारी दिए । ‘कम्पनीको स्वपुँजीबाट आयोजना टेन्डरको काम भइरहेको र एक महिनामा वित्तीय व्यवस्थापन गरी निर्माण जाने तयारी रहेको उनको भनाइ छ ।

सीमा तामाङ कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी जलविद्युत्, रियल स्टेट र आर्थिक बिटमा लेख्छिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजना : सोमबार शिलान्यास हुँदै

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्नुहुने भएको छ । एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनी (एसएलपिडिसी)...

#जलविद्युत् #शिलान्यास #तल्लो
Compare →
Nagarik News
22m ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन्।

#जलविद्युत् #शिलान्यास #भारत
Compare →
Bizshala
2h ago
नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

नेपाल–भारत आर्थिक सहकार्य विस्तारमा उद्योग परिसंघको सक्रियता, नयाँदिल्लीमा नेपाली राजदूतसँग छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणका क्रममा नेपाल उद्योग परिसंघ (सीएनआई)ले दुई देशबीच...

#भारत
Compare →
Arthasansar
2h ago
निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

निर्धक्क भएर नेपालमा लगानी गर्न भारतिय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको डा. स्वर्णिम वाग्लेको आव्हान

प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन...

#भारत
Compare →

Related Stories

World News
Build #2612