Trending
Prev Story
Next Story

हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन सुरु

Ekantipur •
November 23, 2026 • 08:03 AM
5
5 reads 0 reactions

पत्रकार सम्मेलन अघि नेपाल-भारत सम्बन्धबारे भिडियो सामाग्री देखाइएको थियो ।

हैदरावाद हाउसमा संयुक्त पत्रकार सम्मेलन सुरु

पत्रकार सम्मेलन अघि नेपाल-भारत सम्बन्धबारे भिडियो सामाग्री देखाइएको थियो ।

काठमाडौँ — भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदी संयुक्त पत्रकार सम्मेलनमा आइपुगेका छन् । पत्रकार सम्मेलन अघि नेपाल-भारत सम्बन्धबारे देखाउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी-अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रो पावरमा भारतले गरिरहेका कामहरुबारे भिडियो सामग्रीमा चर्चा गरिएको थियो ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । यसअघि उनले भारतिय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको यो भ्रमणमा नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार अशिम शाह, परराष्ट्र सचिव अमृत बहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र  शक्तिकान्त दास, विदेश सचिव विक्रम मिश्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
19m ago
जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुर–अयोध्या सिधा रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

काठमाण्डौ । नेपाल र भारतका दुई महत्वपूर्ण धार्मिक नगरी जनकपुरधाम र अयोध्याबीच सिधा रेल सेवा सञ्चालनमा आएको छ।...

#भारत #संयुक्त
Compare →
Arthasansar
46m ago
जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

जनकपुरधाम–अयोध्या रेल सेवा सुरु, बालेन र मोदीले गरे संयुक्त उद्घाटन

नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आजबाट जनकपुरधाम–अयोध्या विशेष रेल सेवाको सुरु...

#भारत #संयुक्त
Compare →
Nagarik News
1h ago
प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम–अयोध्या रेलवे सेवा उद्घाटन

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम–अयोध्याबीच सञ्चालन हुने रेल सेवाको संयुक्त रूपमा उद्घाटन गरेका छन्।

#भारत #संयुक्त
Compare →
Hamro Patro News
18h ago
कोप–३१ जलवायु सम्मेलनमा प्रमुख सम्झौतामा सहमति जुटेन, जीवाश्म इन्धनको मुद्दामा शक्तिशाली राष्ट्रहरू विभाजित

कोप–३१ जलवायु सम्मेलनमा प्रमुख सम्झौतामा सहमति जुटेन, जीवाश्म इन्धनको मुद्दामा शक्तिशाली राष्ट्रहरू विभाजित

टर्कीमा जारी कोप–३१ जलवायु सम्मेलनमा अन्तिम सम्झौताको मस्यौदालाई लिएर गम्भीर मतभेद देखिएको छ। युरोपेली संघ (EU), बेलायत र पनामालगायतका देशले मस्यौदामा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यासजस्ता जीवाश...

#सम्मेलन
Compare →

Related Stories

World News
Build #2612