Trending
Prev Story
Next Story

नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण छ : मोदी

Ekantipur •
November 23, 2026 • 08:33 AM
5
5 reads 0 reactions

हैदरावाद हाउसमा जारी संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण छ : मोदी

हैदरावाद हाउसमा जारी संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण रहेको बताएका छन् । हैदरावाद हाउसमा जारी संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई २ खर्ब ४० अर्ब विकास सहायता गर्ने पनि बताए । उनले नेपाल–भारत सम्बन्धको साझा इतिहास रहेको बताउँदै जनताबीच गहिरो सम्बन्ध रहेको बताए । उनले सन् २०१८ मा आफूले गरेको जनकपुर भ्रमणको कुरा सुनाए । उनले भने, 'नेपालबिना हाम्रो धाम पनि अधुरो हुन्छ ।'

पत्रकार सम्मेलनमा बोल्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका थिए । यससँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलन जारी छ । पत्रकार सम्मेलनअघि नेपाल–भारत सम्बन्ध झल्काउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी–अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रोपावरमा भारतले गरिरहेका कामहरूबारे भिडियो सामग्रीमा चर्चा गरिएको थियो ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । यसअघि उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको यो भ्रमणमा नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
नेपालबिना हाम्रो धाम अधुरो छ : प्रधानमन्त्री मोदी

नेपालबिना हाम्रो धाम अधुरो छ : प्रधानमन्त्री मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपाल केवल छिमेकी मात्र नभएर इतिहास, संस्कृति र परम्परा पनि एकअर्कासँग गाँसिएको बताएका छन्।

#बताए #भारत #मोदी
Compare →
Bizshala
1h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#भारत #मोदी
Compare →
Hamro Patro News
7h ago
आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता:  हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता: हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमण आज महत्वपूर्ण कूटनीतिक मोडमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा हुने उच्चस्तरीय वार्ताले नेपाल–भार...

#भारत #मोदी #शाह
Compare →
Arthasansar
1h ago
६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको बालेन र मोदीले गरे शिलन्यास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त रूपमा शिलान्यास गरेका छन्...

#भारत #मोदी
Compare →

Related Stories

Politics & Governance
Build #2612