Trending
Prev Story
Next Story

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो छ : प्रधानमन्त्री वालेन्द्र

Ekantipur •
November 23, 2026 • 08:33 AM
6
6 reads 0 reactions

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए ।

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो छ : प्रधानमन्त्री वालेन्द्र

संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए ।

काठमाडौँ — भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो निम्तो दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए ।

पत्रकार सम्मेलनमा बोल्नुअघि प्रधानमन्त्री वालेन्द्र शाह र समकक्षी नरेन्द्र मोदीले अयोध्या–जनकपुर रेलको शुभारम्भ गरेका थिए । यससँगै भारतको यूपीस्थित अयोध्याबाट सरयू कमला एक्सप्रेस जनकपुरधामका लागि प्रस्थान गर्नेछ ।

पत्रकार सम्मेलनअघि नेपाल–भारत सम्बन्ध झल्काउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी–अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रोपावरमा भारतले गरिरहेका कामहरूबारे भिडियो सामग्रीमा चर्चा गरिएको थियो ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज नयाँ दिल्लीमा उच्चस्तरीय द्विपक्षीय वार्ता गरेका थिए । यसअघि उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको यो भ्रमणमा नेपाली प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार ब्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह, परराष्ट्र सचिव अमृतबहादुर राई, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डेलगायत सहभागी थिए ।

त्यसैगरी, भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, राज्यमन्त्री जितिन प्रसाद, प्रधानमन्त्री मोदीका प्रधान सचिवद्वय पीके मिश्रा र शक्तिकान्त दास, विदेश सचिव विक्रम मिस्री, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला र अतिरिक्त सचिव मनु महावरलगायत सहभागी थिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
8h ago
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुँदै, महत्वपूर्ण विषयमा सहमति र सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुने भएको छ।

#भारतीय #रहे
Compare →
Hamro Patro News
3h ago
बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

बालेनको दिल्ली यात्राबारे भारतीय मिडियाले के लेखे ?

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नेपालका प्रधानमन्त्री बालेन शाह दुईदिने औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री पद सम्हालेपछिको शाहको यो पहिल...

#भारतीय
Compare →
Arthasansar
4h ago
साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

साझा आर्थिक समृद्धिको यात्रामा सहभागी हुन भारतीय लगानीकर्तालाई महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल लगानीका लागि खुला रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले भारतीय उद्योगी व्यवसायीलाई नेपालमा...

#भारतीय
Compare →
Bizshala
9h ago
भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

भारत भ्रमणको अन्तिम दिन आज प्रधानमन्त्रीका के–के छन् कार्यक्रम ?

काठमाडौं। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग...

#भारतीय #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612