Trending
Prev Story
Next Story

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री वालेन्द्र शाहको आह्वान

Ekantipur •
November 23, 2026 • 09:33 AM
5
5 reads 0 reactions

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री वालेन्द्र शाहको आह्वान

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

नयाँदिल्ली (भारत) — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा भारतीय लगानीकर्तालाई स्वागत गर्दै दुवै देशको आर्थिक समृद्धिका लागि साझेदारी गर्न आह्वान गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका हुन् ।

यस्तै उनले दुई देशबीचको सम्बन्धलाई नयाँ पुस्ताको अवसर र समृद्धिसँग जोड्नुपर्नेमा पनि जोड दिएका छन् । उनले नेपाल–भारत सम्बन्ध हिमालयजस्तै अटल र समुद्रजस्तै विशाल रहेको उल्लेख गर्दै यस सम्बन्धको वास्तविक आधार दुवै देशका जनता रहेको बताए ।

यस्तै नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने र दुवै देशका विभिन्न सहरबीच सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्ने उनले बताएका छन् ।

प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिमा आधारित रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन् । आपसी सम्मान, दृढ विश्वास र निरन्तर सद्भाव नै दुई देशबीचको सम्बन्धको बलियो आधार भएको उनको भनाइ छ । भारतले प्राकृतिक विपद् र कठिन परिस्थितिमा भरपर्दो छिमेकीका रूपमा नेपाललाई सहयोग गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भारत सरकार र त्यहाँका जनताप्रति आभार व्यक्त गरे ।

प्रधानमन्त्री शाहले दुई देशबीच सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र आधुनिक बनाउने विषयमा विस्तृत छलफल भएको जानकारी दिए । छलफलका क्रममा द्विपक्षीय सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएको उनले बताए । दुई देशबीच भएका समझदारी र अघि बढाइएका पूर्वाधार परियोजनाको प्रतिफल सर्वसाधारणको जीवनमा देखिनुपर्नेमा जोड दिँदै उनले किसानका खेतमा समृद्धि, युवाका हातमा रोजगारी र अवसर, विद्यार्थीका सपनामा नयाँ क्षितिज तथा उद्यमीका लागि नयाँ बजार, लगानी र व्यवसाय विस्तारका सम्भावना सिर्जना हुनुपर्ने बताए ।

यस्तै, जलवायु परिवर्तनको चुनौती सामना गर्न नेपाल र भारतले सामूहिक प्रयास गर्नुपर्ने विषयलाई पनि प्रधानमन्त्री शाहले विशेष रूपमा उठाए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आग्रह

भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रधानमन्त्री शाहको आग्रह

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा लगानी, व्यापार र व्यवसाय विस्तारका लागि भारतीय लगानीकर्तालाई स्वागत गरेका हुन्।

#भारतीय #लगानीकर्ता #शाह
Compare →
Hamro Patro News
7h ago
भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

भारतीय लगानीकर्तालाई अर्थमन्त्री वाग्लेको आह्वान : ‘नेपालमा निर्धक्क भएर लगानी गर्नुहोस्’

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीहरूलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहसँगै दुईदिने राजकीय भ्रमणमा भारत पुगेक...

#भारतीय #आह्वान #लगानीकर्ता
Compare →
Arthasansar
7h ago
प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

प्रधानमन्त्री शाह र मोदीबीच आज महत्वपूर्ण भेटवार्ता, केही सम्झौता हुने

भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँ दिल्लीमा भेटवार्ता हुने भएको छ।...

#भारतीय #शाह
Compare →
Bizshala
17h ago
दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र...

#भारतीय #आह्वान
Compare →

Related Stories

Business & Economy
Build #2612