प्रधानमन्त्री वालेन्द्र शाहले भारतका जनतालाई आह्वान गर्दै भने, 'हिमालयको काखमा अवस्थित मुक्तिनाथ भगवान्, श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेका माता जानकी, जनकजी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।'
काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका ऐतिहासिक, सांस्कृतिक क्षेत्रमा भ्रमणका लागि भारतीय जनतालाई निमन्त्रणा गरेका छन् ।
नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मित्रराष्ट्र भारतका जनतालाई आह्वान गर्दै भने, 'हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् श्री पशुपतिनाथ, तराईको समथर भूमिमा रहेकी माता जानकी, जीवित देवी कुमारी एवं शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मस्थल नेपालको भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।'
उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणका लागि निमन्त्रणा पनि दिए ।
नेपाल र भारतबीचको मित्रताले दुवै राष्ट्रको समृद्धि अक्षय रहने पनि उनले बताए । 'हाम्रो मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालजस्तै अग्लो होस्, सहकार्य नदीजस्तै अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस् ।'