Trending
Prev Story
Next Story

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सझौता

Ekantipur •
November 23, 2026 • 12:32 AM
3
3 reads 0 reactions

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना गर्न नेपाल–भारतका निजी क्षेत्रबीच सझौता

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ बीच नेपालका बाढी प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि सहकार्य गर्ने समझदारी भएको छ ।

सन् २०२६ नोभेम्बर २२ मा भएको सम्झौताअनुसार भारतीय उद्योग परिसंघले भारत सरकार तथा आफना सदस्य उद्योगसँग समन्वय गरी राहत तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्नेछ भने महासंघले नेपाल सरकार, स्थानीय तह र निजी क्षेत्रसँग समन्वय गर्नेछ।

सम्झौताअन्तर्गत पहिलो चरणमा बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क औषधि वितरण, सरसफाइ तथा स्वच्छतासम्बन्धी सामग्री उपलब्ध गराउने र दुईवटा अस्पताललाई आधारभूत जीवनरक्षा सुविधासहितका एम्बुलेन्स हस्तान्तरण गर्ने योजना छ । यी कार्यक्रम सन् २०२६ नोभेम्बरदेखि २०२७ मार्चसम्म सञ्चालन गर्ने प्रस्ताव छ।

दोस्रो चरणमा बाढीबाट प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापना, कृषि तथा साना व्यवसाय सञ्चालनका लागि आवश्यक उपकरण र सहयोग उपलब्ध गराउने, सीप विकास तथा व्यावसायिक तालिम सञ्चालन गर्ने योजना छ। साथै प्रभावित लघु, घरेलु तथा साना उद्योगको पुनरुत्थान, वित्तीय तथा बजार पहुँच विस्तार र नेपाली तथा भारतीय उद्योगबीच व्यावसायिक साझेदारी प्रवद्र्धन गरिनेछ।

रसुवा, नुवाकोट र धादिङलगायत बागमती प्रदेशका बाढी प्रभावित क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। कार्यक्रम कार्यान्वयनका लागि दुवै संस्थाले आ–आफ्नो सरकारसँग आवश्यक स्वीकृति तथा समन्वय गर्नेछन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

जोखिम मूल्याङ्कन गरेर मात्रै बाढी प्रभावित बस्ती पुनर्निर्माण गर्नुपर्छ : गगन थापा

नुवाकोट । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण गर्दा विपद्को जोखिम र स्थानीय बासिन्दाको भावनालाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने बताएका छन् । रस...

#बाढी #प्रभावित
Compare →
Nagarik News
16h ago
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा क्याम्पस पुनःसञ्चालनका लागि एनसेल फाउन्डेसनद्वारा शैक्षिक पूर्वाधार सहयोग

विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र एनसेल फाउन्डेसनकी निर्देशक विशाखा लक्ष्मी खड्काले हालै मात्र नगरपालिका कार्यालयमा यस सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

#बाढी #प्रभावित
Compare →
Bizshala
8h ago
दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

दिल्लीबाट भारतीय उद्योगीलाई अर्थमन्त्री वाग्लेको आह्वान-'नेपालमा निर्धक्क लगानी गर्नुहोस्'

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालको सूचना प्रविधि, जलविद्युत् र...

#भारतीय #भारत
Compare →

Related Stories

World News
Build #2612