Trending
Prev Story
Next Story

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

Arthasansar •
November 23, 2026 • 11:06 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने...

पारस्परिक सम्मान र अटल विश्वास नेपाल–भारत सम्बन्धका अविच्छिन्न अङ्ग हुन् - प्रधानमन्त्री शाह

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धका महत्त्वपूर्ण आधार भएको बताएका छन्। दुई दिने भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।

उनले नेपाल र भारतबीच भएका छलफल दूरगामी महत्त्वका रहेको उल्लेख गर्दै सहकार्यका विभिन्न क्षेत्रमा साझेदारी विस्तार गर्ने विषयमा समझदारी भएको बताए। साथै, दुवै देशको सहकार्यमा अघि बढाइएका तथा शिलान्यास गरिएका परियोजनाले द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। प्रधानमन्त्री शाहले दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल आम नागरिकको जीवनमा देखिनुपर्नेमा जोड दिए। उनका अनुसार विकास आयोजनाबाट प्राप्त लाभ किसानको खेतसम्म समृद्धिका रूपमा पुग्नुपर्छ।

त्यस्तै, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि बजार र लगानी विस्तारको अवसरका रूपमा सहकार्यको प्रतिफल देखिनुपर्ने उनको भनाइ थियो।प्रधानमन्त्री शाहले नेपाल–भारतबीच भएका समझदारीको प्रभाव जनताको जीवनस्तरमा देखिने गरी कार्यान्वयन हुनुपर्ने उल्लेख गर्दै यसले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
3h ago
नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण छ : मोदी

नेपाल–भारत सम्बन्धबारे नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग स्पष्ट दृष्टिकोण छ : मोदी

हैदरावाद हाउसमा जारी संयुक्त पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

#भारत #बताए #सम्बन्ध
Compare →
Nagarik News
2h ago
नेपाल–भारत समझदारीको लाभ किसान र युवासम्म पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

नेपाल–भारत समझदारीको लाभ किसान र युवासम्म पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका हुन्।

#बालेन-शाह #भारत #बताए
Compare →
Bizshala
2h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#बालेन-शाह #भारत
Compare →
Hamro Patro News
8h ago
आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता:  हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

आज मोदीसँग प्रधानमन्त्री शाहको वार्ता: हवाई मार्गदेखि दुई अर्ब डलर सहयोगसम्मका पाँच प्राथमिकता

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो द्विपक्षीय भारत भ्रमण आज महत्वपूर्ण कूटनीतिक मोडमा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आज नयाँदिल्लीमा हुने उच्चस्तरीय वार्ताले नेपाल–भार...

#बालेन-शाह #भारत #शाह
Compare →

Related Stories

Politics & Governance
Build #2612