Trending
Prev Story
Next Story

बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

Arthasansar •
November 23, 2026 • 11:06 AM
4
4 reads 0 reactions

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले...

बालेनले भने: नेपाल–भारत सम्बन्ध विकास साझेदारीमा परिणत गर्नुपर्छ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतबीचको विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगोस् भनेर कामना गरेका छन् । साथै उनले दुवै राष्ट्रको समृद्धिको पनि कामना गरेका हुन् । आज नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बालेनले सो कामना गरेका हुन् ।

नेपाल र भारतबीचको सम्बन्धलाई शब्दको सीमिततामा बाँध्न नसकिने भन्दै उनले सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको धारणा राखे । उनले दुई देशबीचको सम्बन्धलाई आपसी विश्वास, सहकार्य र साझा समृद्धिको आधारमा नयाँ युगको रूपान्तरणकारी विकास साझेदारीमा परिणत गर्नुपर्ने बताए । उनले नेपालका भगवान पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र नेपाली जनताको स्नेह, प्रेम तथा सद्भाव भारत र भारतीय जनताका लागि लिएर राजकीय भ्रमणमा आएको बताए ।

भारतका प्रधानमन्त्री मोदीले दिएको निमन्त्रणा र न्यानो आतिथ्यका लागि आभार व्यक्त गर्दै शाहले मोदीलाई पनि नेपाल भ्रमणको निम्तो दिए । साथै, भारतीय जनतालाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकी, जीवित देवी कुमारी तथा भगवान गौतम बुद्धको जन्मस्थल नेपाल भ्रमणका लागि आमन्त्रण गरे । हिमालय क्षेत्रका जलस्रोतले नेपाल र भारतसहित यस क्षेत्रका करोडौँ मानिसलाई जीवन दिइरहेको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका चुनौतीलाई सहकार्यका माध्यमबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याए । हिमालयबाट बगेर गङ्गामा मिसिने नदीहरूले दुवै देशको भविष्य र साझा गन्तव्यको स्मरण गराउने उनको भनाइ थियो ।

उनले भने, ‘नेपाल र भारतबीचको मित्रता यस्तो होस् जहाँ विश्वास हिमालझैं अग्लो होस्, सहकार्य नदीझैं अविरल बगोस्, दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाश मुनि फक्रिओस् । पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भाव नेपाल–भारत सम्बन्धको मूल आधारशिला हो । अतुलनीय एवं अपरिमित यस सम्बन्धको केन्द्रमा हाम्रा दुई देशका जनताहरू रहेका छन्।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1h ago
भारतसँगका सम्झौता कागजमा मात्र सीमित हुनुहुँदैन, किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

भारतसँगका सम्झौता कागजमा मात्र सीमित हुनुहुँदैन, किसानको खेतमा समृद्धि र युवाको हातमा रोजगारी पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल र भारतबीच भएका समझदारी तथा सम्झौताहरूको उपलब्धि जनताको...

#बालेन-शाह #भारतबीच #बालेन
Compare →
Nagarik News
2h ago
नेपाल–भारत समझदारीको लाभ किसान र युवासम्म पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

नेपाल–भारत समझदारीको लाभ किसान र युवासम्म पुग्नुपर्छ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री शाहले दुई देशबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका हुन्।

#बालेन-शाह #बालेन #भारत
Compare →
Hamro Patro News
4h ago
नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

नेपाल–भारत बैठकपछि एमओयू र सम्झौतामा हस्ताक्षर हुने, त्यसपछि बालेन र मोदीले संयुक्त मिडिया ब्रिफिङ गर्ने

काठमाडौं । नेपाल र भारतबीच प्रतिनिधिमण्डलस्तरीय बैठक सकिएलगत्तै दुई देशबीच समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने भएको छ । सम्झौतामा हस्ताक्षर सम्पन्न भएपछि प्रधानमन्त्री वालेन्द्र शाह (...

#बालेन-शाह #बालेन #भारत
Compare →
Ekantipur
5h ago
कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी ब्यारेज निर्माणको ६४ वर्ष: अझै नेपालीले पाएनन् भारतबाट मुआब्जा

कोशी पीडित भन्छन्, ‘भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेनले हाम्रो समस्या समाधान गरुन्’

#बालेन-शाह #भारत
Compare →

Related Stories

World News
Build #2612