साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । गत साता १ प्रतिशत भन्दा बढीले घटेको नेप्से यो साताको पहिलो कारोबार दिन २.२६ अंकले बढेको हो ।
आजको कारोबार बन्द हुन्दा नेप्से परिसूचक २६२३.५६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने १०५ कम्पनीको सेयर मूल्य बढेको छ । आज १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि १.५१ अंकले बढेर ४७८.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ९ वटाको मूल्य घटेको छ भने ४ वटाको बढेको छ । परिसूचक सामान्य बढेको दिन बजारमा ३ अर्ब ८२ करोड माथिको कारोबार भएको छ ।
आज सेयर बजारमा ३६० कम्पनीका १ करोड ८ लाख २६ हजार ९१३ कित्ता सेयर ४२ हजार ८५४ पटक खरिद बिक्री हुँदा ३ अर्ब ८२ करोड ७६ लाख ६ हजार ५९० रुपैयाँको कारोबार भएको छ ।