Trending
Prev Story
Next Story

४३ ओभरमा ६३ रनको साझेदारी, भारत वल्ड टेस्ट च्याम्पियनशिपको फाइनल होडबाट अझ टाढा

Arthasansar •
November 23, 2026 • 11:06 AM
5
5 reads 0 reactions

भारत र घरेलु टोली न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । वेलिङ्टनमा खेलको पाँचौँ दिन न्युजिल्यान्डले दोस्रो पारीमा ५...

४३ ओभरमा ६३ रनको साझेदारी, भारत वल्ड टेस्ट च्याम्पियनशिपको फाइनल होडबाट अझ टाढा

भारत र घरेलु टोली न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । वेलिङ्टनमा खेलको पाँचौँ दिन न्युजिल्यान्डले दोस्रो पारीमा ५ विकेट गुमाएर २३९ रन बनाएको अवस्थामा खेल बराबरी भएको हो ।

खेलको अन्तिम दिन भारतले जीतका लागि ८ विकेट लिनुपर्ने थियो । तर न्युजिल्यान्डका ड्यारेल मिचेल र ग्लेन फिलिप्सले मिलेर ४३ ओभर ब्याटिङ गरेर ६३ रनकाे साझेदारी गरेपछि खेल बराबरी टुङ्ग्याउन बाध्य पारे । न्युजिल्यान्डका ड्यारेल मिचेल १८६ बलमा ४९ र ग्लेन फिलिप्स १२६ बलमा २६ रनमा नटआउट रहे । यस्तै डेभन कन्वे ६५ रन बनाएर आउट भए । भारतका प्रसिद्ध कृष्णले २ विकेट लिए ।

यसअघि भारतले पहिलो पारीमा ९ विकेट गुमाएर ७२० रन बनाउँदै पारी समाप्तिको घोषणा गरेको थियो । भारतका केएल राहुलले १३६, ऋषभ पन्तले १२८, कप्तान शुभमन गिलले ९८, यशस्वी जैसवालले ८५, देवदत्त पडिक्कलले ८०, ध्रुव जुरेलले ७८ रन बनाए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्सले ३, रचिन रविन्द्रले २ विकेट लिए । यस्तै न्युजिल्यान्डले पहिलो पारीमा सबै विकेट गुमाएर ३६८ रन बनाएको थियो । न्युजिल्यान्डका हेनरी निकोलसले नटआउट १७५, ग्लेन फिलिप्सले ११८ रन बनाए । भारतका जसप्रित बुमराहले ४, आकाश दीपले ३ विकेट लिए ।

यो बराबरीले भारतलाई विश्व टेस्ट च्याम्पियनशिपको फाइनल होडबाट अझ टाढा धकेलेको छ । भारत चौथो स्थानमा छ । यस्तै न्युजिल्यान्ड तेस्रो स्थानमा झरेको छ । दुई खेलको टेस्ट शृङ्खलाको अन्तिम खेल आउँदो शुक्रवारदेखि क्रिस्टचर्चमा शुरू हुनेछ । यसअघि भएको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला भारतले जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
नेपाल-भारत सम्बन्ध क्रेता–विक्रेताको होइन, अब लगानीकर्ता र उद्यमीको साझेदारी बनाऔं

नेपाल-भारत सम्बन्ध क्रेता–विक्रेताको होइन, अब लगानीकर्ता र उद्यमीको साझेदारी बनाऔं

आज नेपाल र भारतका दुई माननीय मन्त्रीज्यूहरूलाई हामीमाझ पाउनु गौरवको विषय हो । भारत र नेपालका निजी क्षेत्रका मित्रहरूले उठाउनुभएका चासो, सुझाव र अवसरहरूलाई सुनिदिनुहुन र आ–आफ्ना सरकारहरूमार्फत यी मह...

#भारत #साझेदारी
Compare →
Ekantipur
8m ago
प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

प्रधानमन्त्री शाहसँगको तस्बिर पोस्ट गर्दै मोदीले लेखे : नेपाल-भारत मित्रता अझ उचाइमा

फेसबुकमा प्रधानमन्त्री शाहसँगका केही तस्बिर पोस्ट गर्दै भारतीय समकक्षी मोदीले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।

#भारत
Compare →
Nagarik News
28m ago
भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

भारत भ्रमण सकेर आजै स्वदेश फर्कंदै प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमण पूरा गरी आजै साँझ स्वदेश फर्कंदै छन्।

#भारत
Compare →
Bizshala
2h ago
नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

नयाँदिल्लीमा बालेन–मोदी नेतृत्वको उच्चस्तरीय वार्ता सम्पन्न, नेपाल–भारत सहकार्यका विषयमा छलफल

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको नेतृत्वमा नेपाल र भारतबीच उच्चस्तरीय...

#भारत
Compare →

Related Stories

World News
Build #2612