फेसबुकमा प्रधानमन्त्री शाहसँगका केही तस्बिर पोस्ट गर्दै भारतीय समकक्षी मोदीले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।
काठमाडौँ — नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटको तस्बिर सार्वजनिक गर्दै भारतीय समकक्षी नरेन्द्र मोदीले भारत–नेपाल मैत्री सम्बन्ध अझ उचाइमा पुग्ने उल्लेख गरेका छन ्।
फेसबुकमा उनले शाहसँगका केही तस्बिर पोस्ट गरेका छन् । उनले भेट सुखद रहेको पनि उल्लेख गरेका छन् ।
मोदीको निमन्त्रणामा आइतबारदेखि दुई दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र मोदीबीच सोमबार नयाँदिल्लीमा द्विपक्षीय वार्ता भएको थियो । भारतले नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने घोषणा गर्दै ऊर्जा, पूर्वाधार, रेल, पेट्रोलियम र जलविद्युत् क्षेत्रमा सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएको छ ।
प्रधानमन्त्री शाह आजै स्वदेश फर्कनेछन् ।