आज नेपाल र भारतका दुई माननीय मन्त्रीज्यूहरूलाई हामीमाझ पाउनु गौरवको विषय हो । भारत र नेपालका निजी क्षेत्रका मित्रहरूले उठाउनुभएका चासो, सुझाव र अवसरहरूलाई सुनिदिनुहुन र आ–आफ्ना सरकारहरूमार्फत यी महत्त्वपूर्ण विषयहरूलाई अगाडि बढाउन सहयोग गरिदिनुहुन म मन्त्रीज्यूहरूसमक्ष सादर अनुरोध गर्दछु ।
हाम्रा निजी क्षेत्रहरू सँगै काम गर्न पूर्ण रूपमा तयार छन्, हामीलाई चाहिएको केवल अझ सशक्त सरकारी सहजीकरण, नीतिगत स्पष्टता र प्रभावकारी कार्यान्वयन हो ।
Read full story at source ( clickmandu.com )