Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

Ekantipur •
November 22, 2026 • 08:33 AM
3
3 reads 0 reactions

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

प्रधानमन्त्रीको भारत भ्रमणले ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेछ : रास्वपा

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले दुई देशबीच आपसी विश्वास, सहकार्य र साझेदारी बढ्दै ऐतिहासिक तथा बहुआयामिक सम्बन्ध अझ सुदृढ हुने रास्वपाले विश्वास व्यक्त गरेको छ । रास्वपा महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे पार्टीको धारणा सार्वजनिक गरेका छन् ।

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणले नेपाल र भारतबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले राखेको छ ।

प्रधानमन्त्री शाह आइतबार भारत प्रस्थान गर्ने र सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणलाई लिएर रास्वपाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गरेका छन् । 'दुईदिने यस भ्रमणका क्रममा प्रधानमन्त्रीले भारतका महामहिम राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटका अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सुमधुर बनाउने विषयमा छलफल हुनुका साथै केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ,' आचार्यले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, 'नेपाल र भारतबीच राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध विशेष रहिआएको छ । यस भ्रमणले दुई देशबीच विद्यमान ऐतिहासिक, मैत्रीपूर्ण एवं बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।'

प्रधानमन्त्री शाह नेतृत्वमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार र राजनीतिक सल्लाहकार असिम शाहसहित उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । भ्रमण दल ३४ सदस्यीय रहेको पनि रास्वपाको विज्ञप्तिमा उल्लेख छ ।

रास्वपाको विज्ञप्तिमा प्रधानमन्त्री शाहले पार्टी सभापति रवि लामिछानेसँग भ्रमणबारे विस्तृत छलफल गरेको पनि लेखिएको छ । 'भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले पार्टी सभापतिसँग भेट गरी विस्तृत छलफल तथा जानकारी गराउनुभएको थियो । उक्त अवसरमा सभापतिज्यूले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउन यो भ्रमण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गर्नुभएको छ,' रास्वपाको विज्ञप्तिमा लेखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5h ago
प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

प्रधानमन्त्रीको भारत भ्रमणबारे गणेश भन्छन्: ऐतिहासिक मित्रता र पारस्परिक सम्बन्ध थप उचाइमा पुग्नेछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारतको दुईदिने राजकीय भ्रमण सफलताको शुभकामना व्यक्त गरेका छन्।

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Bizshala
50m ago
प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री बालेन भारत भ्रमणमा निस्किएपछि विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) औपचारिक भारत भ्रमणमा जाने भएपछि ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Hamro Patro News
5h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यातमुखी उद्योगका प्रतिनिधि छुटेको गुनासो

प्रधानमन्त्रीको भारत भ्रमणमा निर्यातमुखी उद्योगका प्रतिनिधि छुटेको गुनासो

प्रधानमन्त्रीको आजदेखि सुरु हुने भारत भ्रमणका लागि तयार पारिएको प्रतिनिधिमण्डलमा भारततर्फ निर्यात हुने प्रमुख वस्तुका उत्पादक संघका एक जना प्रतिनिधि पनि समावेश नगरिएको भन्दै निजी क्षेत्रले प्रश्न उ...

#भारत #भ्रमण #प्रधानमन्त्रीको
Compare →
Arthasansar
4h ago
प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन शाह आज भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

प्रधानमन्त्री बालेन्द्र शाह आज भारत भ्रमणमा जाँदै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी नयाँ दिल्ली जान लागेका हुन्...

#भारत #भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612