नेपाल स्टक एक्सेचनज (नेप्से)मा अपि पावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले घोषणा गरेको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भए पछि मूल्य समायोजन गरिएको हो ।
यस कम्पनीले सोमबारको अन्तिम कारोबार मूल्य ३३२ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको छ । समायोजन पश्चात कम्पनीको सेयर मूल्य ३१६.१९ रुपैयाँ कायम भएको छ । सोही मूल्यलाई आधार मानेर मंगलबार सेयर कारोबार खुल्नेछ ।