काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेलमा १५६ रनको लक्ष्य पछ्याइरहेको सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध आक्रामक सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जारी खेलमा पावर प्लेको समाप्तिसँगै सुदूरपश्चिमले बिना विकेटको क्षतिमा ६० रन जोडेको छ।
६ ओभरको खेल सकिँदा ओपनर जर्ज मुन्से २४ बलमा ४ चौका र ३ छक्काको मद्दतले अविजित ४४ रन बनाएर खेलिरहेका छन्। उनलाई साथ दिइरहेका अर्का ओपनर विनोद भण्डारी १२ बलमा २ चौकासहित १४ रनमा अविजित छन्। सुदूरपश्चिमले ४.६ ओभरमै ५० रन पूरा गरेको थियो।
Read full story at source ( kendrabindu.com )