Trending
Prev Story
Next Story

रोड टु फाइनल : निर्णायक भिडन्तमा पावर–प्ले कति महत्त्वपूर्ण ?

Ekantipur •
November 21, 2026 • 08:02 AM
4
4 reads 0 reactions

फाइनलअघि दुवै टोलीको मुख्य ध्यान सुरुआती छ ओभरमा रहनेछ, किनकि पावर–प्ले कमजोर हुँदा हारको जोखिम बढ्ने गर्दछ ।

रोड टु फाइनल : निर्णायक भिडन्तमा पावर–प्ले कति महत्त्वपूर्ण ?

फाइनलअघि दुवै टोलीको मुख्य ध्यान सुरुआती छ ओभरमा रहनेछ, किनकि पावर–प्ले कमजोर हुँदा हारको जोखिम बढ्ने गर्दछ ।

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनले प्रमाणित गरेको तथ्य हो, जुन टिमले पावर–प्लेमा राम्रो गर्छ, त्यही टिमले जित्ने बढी सम्भावना हुन्छ । यो सिजन लिग चरणका २८ र प्ले–अफका तीन गरेर ३१ खेल भए । त्यसमा दस खेल मात्र यस्ता छन्, जसमा विजयी रहेको टिमले पावर–प्लेमा राम्रो गर्न सकेन् । बाँकी सबै खेलमा पावर–प्लेमा राम्रो गर्ने टिम नै विजयी रहेका छन् ।

टी–२० क्रिकेटमा सबैभन्दा महत्त्वपूर्ण मोड रहने गरेको छ, पावर–प्ले । जुन टिमले सुरुआती छ ओभरमा राम्रो गर्न सक्छ, त्यसले जित्ने सम्भावना बढी हुन्छ । यी सुरुवाती छ ओभरमा मैदानका ३० यार्ड बाहिर दुई खेलाडी मात्र राख्न पाउँछ । त्यसको अर्थ यो चरणमा बढी रन बनोस भनेर पनि हो । तर यही बेला दबाबमा आएर टिमले विकेट गुमाउने पनि हुन्छ र समस्यामा पर्छ ।

सन् २०२४ को पहिलो सिजनको फाइनलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्दै पावर–प्लेमा विना विकेटको क्षति ४८ रन बनायो । जवाफमा जनकपुर बोल्ट्सल पनि विना विकेटको क्षति ७१ रन बनायो, खेल जित्न पनि सफल रह्यो । सन् २०२५ को पावर–प्लेको कथा पनि यस्तै रह्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पावर–प्लेमा २० रन मात्र बनाएको थियो, त्यो पनि तीन विकेट गुमाएर । त्यही बेला टिम दबाबमा आइसकेको थियो ।

जवाफमा लुम्बिनी लायन्सले दुई विकेटमा ७२ रन बनायो र खेल पनि जित्न सफल रह्यो, त्यो पनि सजिलै । यसपल्टको प्रतियोगितामा सबै टिमका कप्तान र प्रशिक्षकले के मानेका छन् भने पावर–प्लेमा राम्रो गर्न नसक्नुको अर्थ लगभग प्रायः हार नै हो । यसपल्टको तेस्रो सिजनमा प्ले–अफका तीन खेलमध्ये दुईमा पावर–प्लेमा राम्रो गर्ने टिमनै विजयी रहेका छन् । त्यो भनेको लुम्बिनी र सुदूरपश्चिम । इलिमिनेटरमा काठमान्डु गोर्खाजले चितवन राइनोजको भन्दा पावर–प्लेमा राम्रो गरेको थियो, तर अन्तर असाध्यै कम थियो ।

त्यसैले जति बेला यसपल्टको फाइनल कीर्तिपुरको टीयू मैदानमा सुरु हुनेछ, दुवै टिमको ध्यान पावर–प्लेमा हुने निश्चित छ । जहाँसम्म फाइनलमा टसको कुरा छ, अहिलेसम्मका दुई निर्णायक खेलका दुवै अवसरमा सुदूरपश्चिमको पक्षमा टस रह्यो । तर दुवै अवसरमा यही टिम पराजित रह्यो । फेरि यसपल्ट प्रतियोगितामा टस जित्नु हार्नुको खास प्रभाव पनि देखिएको छैन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#फाइनल #भिडन्त
Compare →

Related Stories

Sports
Build #2612